भरतपुरमा सत्ता गठबन्धन विजयी, रेणु दाहाल कति मतान्तरले निर्वाचित भइन् ?

भरतपुरमा सत्ता गठबन्धन विजयी, रेणु दाहाल कति मतान्तरले निर्वाचित भइन् ?

चितवन : चितवनको भरतपुर महानगरपालिकाको नगरप्रमुखमा रेणु दाहाल निर्वाचित भएकी छन्। एमाले नेता विजय सुवेदीलाई पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी दाहाल विजयी भएकी हुन्। दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८२ मत ल्याएका छन्। दाहालले सुवेदीलाई १२ हजार ४४६ पछाडि पारेकी हुन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन्। कांग्रेसले मेयरको टिकट नदिएपछि पौडेलले उम्मेदवारी दिएका हुन्। दाहाल र पौडेलको मतान्तर ३७ हजार ३०० रहेको छ।

यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन्। 

भरतपुरमा १७ वडा कांग्रेस, ५ वडामा एमाले, ३ वडामा माओवादी केन्द्र,  ३  वडामा एकीकृत समाजवादी र १ वडामा स्वतन्त्रले जितेको छ। कांग्रेसले टिकट नदिएपछि वागि उठेका उम्मेदवार निर्वाचित भएका हुन्।

रेणु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.