तारा एयरको जहाज हराएपछि करिश्माको प्रश्न : जनताको ज्यान सस्तो हो?

तारा एयरको जहाज हराएपछि करिश्माको प्रश्न : जनताको ज्यान सस्तो हो?

काठमाडौं : नेकपा एमालेकी नेतृ एवं नायिका करिश्मा मानन्धरले राज्यको लापरवाहीले जहाज दुर्घटनामा निर्दोष जनताले ज्यान गुमाएको भन्दै आक्रोश पोखेकी छन्।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज हराएपछि नायिका मानन्धरले विकट र जोखिमयुक्त भूगोल भएको ठाउँमा पूरानो जहाज चलाएर लापरवाही गरेको आरोप लगाएकी हुन्।

उनले जनताको ज्यान सस्तो हो भनेर प्रश्नसमेत गरेकी छन्।

‘पुरानो हवाई जहाज उडाउने, त्यो पनि हाम्रो जस्तो धरातलीय भूभागमा ?’ उनले प्रश्न गरेकी छन्, ‘प्राइभेट कम्पनीलाई प्राथमिकता साथ लाइसेन्स दिनको असर, जनताको ज्यान सस्तो बनायो?’

२२ जना सवार तारा एयरको जहाज आज विहानदेखि हराइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.