अर्थ मन्त्रालयले भन्यो- करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज मेटियो

अर्थ मन्त्रालयले भन्यो- करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज मेटियो

काठमाडौं : अर्थ मन्त्रालयले मन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको दिनको सीसीटीभी फुटेज डिलिट भएको जानकारी दिएको छ। 

उपभोक्ता हित संरक्षण मञ्च, नेपालका सचिव जयप्रसाद पौडेलले गत असार १४ गते मन्त्रालयमा सूचनाको हक प्रयोग गरी सीसीटीभी फुटेज माग गरेका थिए।

'सीसीटीभी फुटेजको सम्बन्धमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चात् पहिलेको अभिलेख क्रमशः मेटिदै जाने भनी लेखी आएको हुँदा सोही व्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु,' मन्त्रालयका शाखा अधिकृत धनकुमार राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

अन्नपूर्ण पोस्ट्को छापा संस्करणमा गत ३० जेठमा 'बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए..' शीर्षकमा समाचार प्रकाशित भएको थियो।

समाचार यस्तो थियो-
 'जेठ १४ गते। मध्यरात ढल्किँदो थियो। अर्थ मन्त्रालयको अलिकति भागमा झलमल्ल बत्ती बलिरहेकै थियो। अर्थमन्त्री कार्यकक्षमै थिए। अर्को कक्षमा मन्त्रालयका वरिष्ठतम् अधिकारीहरू निसासिँदो व्यस्ततामा थिए। किनकि, भोलिपल्ट अर्थमन्त्रीले वाचन गर्ने बजेट सिध्याउनु थियो। 
अर्थमन्त्रीको निर्देशन, देशको आवश्यकता र विभिन्न मन्त्रालयका सिफारिसका आधारमा आय/व्यय विवरण तयार भइरहेको थियो।  त्यसकै धपेडी थियो। राति १२:३० अर्थमन्त्रीले बजेट अन्तिम रूप दिइरहेको टिमलाई आफ्नो कार्यकक्षमा बोलाए। टिममा थिए- १. सचिव– मधुकुमार मरासिनी २. सचिव– कृष्णहरि पुष्कर ३. सहसचिव– चक्रबहादुर बुढा (प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा) ४. सहसचिव– भूपाल बराल (प्रमुख, राजस्व व्यवस्थापन महाशाखा) अर्थमन्त्रीसँग एक व्यक्ति थिए। 

चारै जना उच्च अर्थ अधिकारी मन्त्रीको कुनै निर्देशनको पर्खाइमा रहे। मन्त्रीले भने कसैलाई फोन गरेर बोलाए, ‘आउने बेला भएन ?’ केही मिनेटमै ती व्यक्ति अर्थमन्त्रीको कक्षमा प्रकट भए। उनी अलि हस्याङफस्याङ हालतमा थिए। मन्त्रालय उच्च स्रोत भन्छ, ‘मन्त्रीले बोलाउनासाथ आउने सर्तमा उनी त्यहीं कतै भएका हुन सक्छन्। भन्नासाथ स्याँस्याँ गर्दै आइपुगे।’ ‘त्यो चुकुल लाउनुहोस्’, अर्थमन्त्रीले पस्दापस्दैका तिनै व्यक्तिलाई अह्राए। र, उनीसँग पहिल्यै रहेका व्यक्तिको छेउमा बस्न इसारा गरे। 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.