एमालेसँग देश बनाउने भिजन छ, भोट दिन कन्जुस्याइँ नगर्नुहोस् : ओली
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत दिन आवश्यक रहेको बताएका छन् ।
चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले देश बनाउने भिजन एमालेसँग मात्रै रहेकाले यो पार्टीलाई बहुमत आवश्यक रहेको बताएका हुन् ।
ओलीले भने, 'एमालेसँग देश बनाउने भिजन छ । एमालेसँग बहुमत आउँदा देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्थिरता कायम हुन्छ । जनताले राज्यबाट प्राप्त गर्ने सेवा सुविधा एमाले सरकारले प्रदान गर्छ । ’
ओलीले देशलाई विकासको गतिमा तीव्रता दिन नीतिगत र कानुनी सुधार आवश्यक रहेको बताए ।
उनले घोषणापत्र देश विकासको मार्गचित्र भएको बताए।
प्रतिक्रिया दिनुहोस !