कानुन,न्याय तथा मानव अधिकार समिति बैठक

बाल सुधार गृहको अवस्था सुधार्न सरकारलाई निर्देशन


काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्थाबारे तयार गरिएको उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

समितिको बैठकमा उपसमितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमाथि सदस्यहरूले सुझावसहित छलफल गरेको हो । छलफलका क्रममा बाल सुधार गृहको भौतिक पूर्वाधार सुधार,आवश्यक जनशक्ति व्यवस्थापन,मनोसामाजिक परामर्श सेवा विस्तार तथा बालमैत्री वातावरण निर्माणमा सरकारको ध्यान जानुपर्नेमा सांसदहरूले जोड दिएका थिए। 

साथै बालबालिकाको अधिकार संरक्षणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सांसदहरूले धारणा रखेका थिए । बैठकमा समितिले बाल सुधार गृह तथा कारागारको अध्ययनका क्रममा तयार गरिएको उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्न,बालबालिकाको सुरक्षा,शिक्षा,स्वास्थ्य,सरसफाइ र पुनःस्थापनासहित न्यूनतम मानव अधिकार सुनिश्चित गर्न निर्देशन दिएको छ ।

समितिले बाल सुधार गृहमा देखिएका समस्या,बालबालिकाको मानव अधिकारको अवस्था तथा पुनःस्थापनासम्बन्धी व्यवस्थाको अध्ययनपछि सरकारलाई आवश्यक सुधारका कदम तत्काल अघि बढाउन निर्देशन दिएको छ । बैठकमा समिति सभापति समिक्षा बास्कोटाले क्षमता भन्दा बढी बालबालिका राख्ने अवस्था अन्त्य गर्दै आवश्यक पूर्वाधार,जनशक्ति र सेवा–सुविधा व्यवस्थापन गर्न सुझाव दिइन् । प्राप्त सुझावहरूलाई समेट्दै प्रतिवेदनलाई थप परिमार्जन गर्ने तथा आवश्यक निर्देशन र सिफारिसमार्फत कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने तयारी गरेको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिइन्।

बैठकमा महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार,शिक्षा र पुनस्र्थापना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सरकारले बाल सुधार गृहको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेको बताउँदै मन्त्री वादीले तनहुँको ढकालटारमा निर्माणाधीन सुधार गृह अन्तिम चरणमा पुगेको र कर्णाली प्रदेशमा नयाँ सुधार गृह स्थापनाका लागि बजेट विनियोजन गरिएको बताइन्।  

हाल चारवटा सुधार गृहमा मात्र विद्यालय सञ्चालनमा रहेकोमा अन्यत्र पनि शिक्षाको पहुँच विस्तार गरिने र बालबालिकालाई व्यावसायिक तथा एआई सम्बन्धी सीपमूलक तालिम दिइने बताइन्। बाल अधिकार संरक्षणका लागि कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्दै सुधार गृहमा रहेका बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न सरकार सक्रिय हुनुपर्ने समितिको निष्कर्ष रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.