एमाले, नेकपा र कांग्रेस मिलेर प्रदेशमा सरकार बनाउँदैनौं: गगन थापा
सभापति थापाले २०७२ सालदेखि २०८२ सम्मको १० वर्ष काला वर्ष भएको दाबी गरे।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल बनेर प्रदेशको सरकार नबनाउने दाबी गरेका छन्। आज कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताएका हुन्।
३ दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको बताए। उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए। उनले भने, 'को सत्ता पक्ष हो। को प्रतिपक्ष हो छुट्टिएन।'
उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने बताए। उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए। सभापति थापाले २०७२ सालदेखि २०८२ सम्मको १० वर्ष काला र अध्याँरा वर्ष भएको दाबी गरे। यो समयमा कांग्रेस सत्तालाई मात्र प्राथमिकतामा राखेको हिँडेको उनको भनाई छ। थापाले अब त्यसबाट बाहिर निस्कने गरी काम गर्नुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !