माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं: निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गरेको छ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको हो। 

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भइ पद रिक्त भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो। 

राष्ट्रपतिको पदावधि आगामी फागुन २८ गतेसम्म भएको र सोही मितिभन्दा अगाडि नै उपनिर्वाचन गराउनुपर्ने भएकाले माघ २५ को प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रपतिको पदावधि सकिनुअघि नै राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने अवस्था रहेको पनि आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.