दलहरुको समर्थन र विश्वासले थप चुनौती थपियो : प्रचण्ड

दलहरुको समर्थन र विश्वासले थप चुनौती थपियो : प्रचण्ड

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुको विश्वासको मत र समर्थनले थप चुनौती थपिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको बताएका हुन्।

प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग अपिल गरेको र त्यो सकारात्मक देखिएको विश्वास व्यक्‍त गरे। उनले भने,'विश्वासको मतका लागि जुन अपिल गरेको थिएँ । त्यो  सकारात्मक देखिएको छ। सबैलाई धन्यवाद दिन चाहन्छु।'

उनले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निक्कै गम्भीर बनाएको बताए।

आफूलाई अपार सफलता मिलेको बताउँदै प्रचण्डले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौंला कि भन्ने प्रश्न उठेको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.