प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन उत्पादन सुरु

प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन उत्पादन सुरु
सुन्नुहोस्

प्यूठान : प्यूठानमा हरित हाइड्रोजन पाइलट सञ्चालनमा ल्याइएको छ। बुटवल पावर कम्पनी लिमिटेडले झिमरुक जलविद्युत् केन्द्र दारिमचौरमा हाइड्रोजन उत्पादन सुरु गरेको हो।

नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन सुरु गरिएको हो। १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा स्थापना गरिएको हरित हाइड्रोजन पाइलट ५० किलोवाट क्षमताको रहेको छ।

विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयमार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको हो।

हरित हाइड्रोजनलाई विश्वव्यापी रूपमा न्यून कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्त्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिएको कम्पनीका प्रतिनिधि प्रकाशकुमार श्रेष्ठले बताए।

नवीकरणीय स्रोतबाट उत्पादित बिजुली प्रयोग गरी पानीलाई विद्युत् अपघटन प्रक्रियामार्फत विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिन्छ। यसरी उत्पादन गरिएको हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणसहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अल्कालाइन इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ यहाँबाट ९९ दशमलव ९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन हुन्छ। उत्पादित हाइड्रोजनलाई १५० बार प्रेसरमा कम्प्रेस गरी सिलिन्डरहरूमा भण्डारण गरिनेछ। चिनियाँ ठेकेदार कम्पनी सीपीयू हाइड्रोजन पावर टेक्नोलोजी कर्पोरेसन लिमिटेडले निर्माण गरिएको यस प्लान्टबाट गत चैत्र ३० गते पहिलो हाइड्रोजन सिलिन्डर भरेर सफलतापूर्वक परीक्षण गरिएको कम्पनीले जनाएको छ।null

यस पाइलट परियोजनाबाट हाइड्रोजन उत्पादन, संकुचन, भण्डारण, सुरक्षा, सञ्चालन, प्राविधिक कार्यसम्पादन, आर्थिक तथा नेपालमा सम्भावित प्रयोगका क्षेत्रहरूसम्बन्धी महत्त्वपूर्ण अनुभव तथा सिकाइ प्राप्त हुने अपेक्षा गरिएको छ। प्रचुर जलविद्युत् सम्भावना भएको नेपालले अतिरिक्त नवीकरणीय विद्युत् हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु उपयोग, औद्योगिक प्रयोजन, यातायात, दीर्घकालीन ऊर्जा भण्डारण तथा सम्भावित क्षेत्रीय बजारका अवसरहरूमा उपयोग गर्न सक्ने सम्भावना रहेको छ। नेपाल सरकारले समेत हेटौंडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना अघि बढाएको छ।

यस पाइलट परियोजनाबाट प्राप्त अनुभव तथा सिकाइहरूले भविष्यमा परियोजनाको विस्तार, व्यावसायिक सम्भाव्यता, सुरक्षा मापदण्ड, नियामकीय व्यवस्था तथा नेपालको स्वच्छ ऊर्जा मिश्रणमा हाइड्रोजनको एकीकरणसम्बन्धी नीतिगत तथा व्यावसायिक निर्णयहरूमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ। जलविद्युत् विकास तथा ऊर्जा नवप्रवर्तन क्षेत्रमा करिब ६ दशकको अनुभव बोकेको बुटवल पावर कम्पनीले भरपर्दो, स्वच्छ तथा दूरदर्शी ऊर्जा समाधानमार्फत नेपालको दिगो ऊर्जा भविष्य निर्माणमा निरन्तर योगदान पुर्‍याउँदै आएको कम्पनीको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.