समिरुनकाे दुखेसाे-श्रीमान् १० वर्षदेखि बेपत्ता छन्, बालबच्चा कसरी हुर्काउँ?

समिरुनकाे दुखेसाे-श्रीमान् १० वर्षदेखि बेपत्ता छन्, बालबच्चा कसरी हुर्काउँ?

रामपुर (पाल्पा): धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन बनेका छन् । रातदिन श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उहाँलाई न रातमा निद्रा न दिनमा भोकजस्तै भएको छ ।

श्रीमती र चारजना सन्तानका अभिभावक रहेकी समिरुनका श्रीमान् छोराछोरीको पढाइ खर्च र घरखर्च चलाउनका निम्ति भारत पसेको लामो समय बितिसक्दा पनि परिवारको कुनै सम्पर्कमा अहिलेसम्म छैनन् । श्रीमान् बेपत्ता भएपछि चारजना छोराछोरीको लालनपालन पढाइ खर्च गर्न उहाँलाई निकै समस्या छ ।

बास बस्ने एउटा सानो झुप्रो पनि नहुँदा उहाँ अर्काको घरमा डेरामा बस्न बाध्य हुनुहुन्छ । उहाँले रामपुरको बाङ्गेपसल नजिकै एक घरमा तीन कोठा भाडामा लिएर जीवन गुजारा गर्दै आउनुभएको छ । साँभm बिहान के खाने के लाउने भएको बखतमा बास बस्ने एउटा थलोसम्म नहुँदा उहाँलाई घरभाडा कसरी तिर्ने भन्ने समस्या रातदिन बल्झिरहेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, 'गरेर खाने एक टुक्रा जमिन छैन, दश नङ्ग्रा खियाएर रातदिन मजदुरी नगरेसम्म साँझ बिहान चुलोमा आगो बल्दैन ।' उहाँका चार सन्तानमध्ये जेठो छोरो जुम्मादिन मियाँ शारीरिक तथा मानसिक रुपमा पूर्ण अशक्त हुनुहुन्छ । उहाँ अहिले २३ वर्ष पुग्नुभयो । १० वर्षको उमेरमा मेनिन्जाइटिस रोगका कारण छोरो जीवनभर अपाङ्ग भएर बस्नुपरेको आमा समिरुनको भनाइ छ ।

'उपचारका लागि त्यस समयमा रु तीन लाखभन्दा बढी खर्च गरियो तर निको भएन, छोरो जीवनभर अपाङ्ग भयो'– 'छोरो अपाङ्ग नभएको भए अहिले ठूलै भइसकेको थियो, काममा सघाउँथ्यो' उहाँले भन्नुभयो । बाउ बेपत्ता भएपनि छोराले केही गर्छ भनेको उल्टै छोरो जीवनभर अर्काको सहारामा बस्नुपरेको उहाँले बिलौना गर्नुभयो ।

'उपचार गर्दा केही समय त छोरो निको हुन्छ भन्ने ठानेकी थिएँ, पछि डाक्टरले निको नहुने बताएपछि मनमा पिरैपिरको ठूलो भारीले रातदिन सताउने गरेको छ' उहाँले भन्नुभयो । उहाँका कान्छो छोरा अब्दुल हुसेन अहिले ११ वर्षका भए । उनी एक वर्षको हुँदा बुबाले घर छोडेका हुन् । उनलाई बुबाको माया र सम्झनाबारे कुनै अत्तोपत्तो छैन । साथीहरुले बुबाको बारेमा कहिलेकाहीँ जिस्काउने र सोध्ने गरेको उनी बताउँछन् । कान्छी छोरी हसिना खातुन १५ वर्ष पुगिन् । खातुन बुबा अझै पनि घर आउने आशा लागेको बताउँछिन् ।

समिरुनले दिनभर मजदुरी गरेर दिनमा रु ४०० देखि ५०० सम्म बुझेको रकमले घर व्यवहार, छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएको छ । बास बस्ने सानो झुप्रो नहुँदा पनि उहाँलाई परिवार पाल्न निकै धौधौ छ । दुःखसुख गरेर एउटा बास बस्ने झुपडी बनाउन पाए हुन्थ्यो, एक टुक्रा जमिन पनि आफ्नो नहुँदा निकै पिरोलेको उहाँले पीडा पोख्नुभयो । समिरुनले अझै पनि श्रीमान् घर आउने आशा भने मार्नुभएको छैन । एक दिन छोराछोरीको मायाले घर फर्कने आशा उहाँमा अझै जिवित छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.