इपिएस परीक्षाका ३३ नक्कली परीक्षार्थी पक्राउ
काठमाडौँ : रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका ३३ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । ललितपुरको परीक्षा केन्द्रबाट १३ र काठमाडौँको परीक्षा केन्द्रबाट २० जना पक्राउ गरीएको प्रहरीले जनाएको छ । इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले परीक्षाका लागि ७५ हजार ५८० जनाले आवेदन दिएकामा कति सहभागि भए भन्ने पूर्ण विवरण तयार भइनसकेको बताउनुभयो ।
काठमाडौँ उपत्यकाका २६ वटा केन्द्रमा बिहान र दिउँसो गरी दुई चरणमा दुई दिन परीक्षा भएको थियो। भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तिर्ण हुनेछन् ।
जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् । ५१ हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस !