६८ लाखको गाडी किन्ने धरानका मेयरको निर्णय विवादमा

६८ लाखको गाडी किन्ने धरानका मेयरको निर्णय विवादमा

धरान : धरान उपमहानगरपालिका प्रमुख (मेयर) तारा सुब्बा फेरि विवादमा तानिएका छन्। मेयर भएलगत्तै भुमाफियाको सम्मान थापेर विवादमा तानिएका उनी दोस्रो पटक एमाले नेता पत्नीलाई विनाप्रतिष्पर्धा जागिर लगाएर विवादमा तानिए। तेस्रोपटक मेयर सुब्बाले झण्डै ६९ लाखको गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएपछि विवादमा तानिएका छन्।

धरान उपमहानगरपालिकामा तीनवटा गाडी र दर्जन बढी मोटरसाइकललगायत सवारी साधन हुँदाहुँदै मेयर सुब्बाले आफू चढ्नका लागि ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको टाटा कम्पनीको हेक्सा गाडी खरिद गर्ने टेण्डर स्वीकृत गराएका छन्।

एमाले सुनसरी १ का अध्यक्ष इन्द्र राईकी श्रीमती र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई उपमहानरपालिकामा जागिर लगाएर विवादमा परेको घटना सेलाउन नपाउँदै सुब्बाले महंगो गाडी चढ्ने मोह देखाएपछि उनी एमाले कार्यकर्ताको नजरमा समेत विवादित बनेका हुन्।

उपमहानगरपालिका आर्थिक धरासयमा रहँदारहँदै पनि महंगो गाडी किन्ने निर्णय गलत छ, १८ नम्बर वडाअध्यक्ष प्रविण राईले बताए। उनले मेयरको गाडी किन्ने निर्णयले नगरबासीलाई चिन्तित तुल्याएको समेत बताए।

मेयर सुब्बाले अन्य जनप्रतिनिधिले विरोध गर्दागर्दै पनि टाटा कम्पनीको हेक्सा गाडी किन्नलाई डेण्टर स्वीकृत गराएका छन्। सुब्बाले उक्त गाडी खरिदका लागि सिप्रद्धि ट्रेडिङ नैकाप काठमाडौंले हालेको ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको बजेट स्वीकृत गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । उनले उपमहानगरपालिकालाई गाडीको अतिआवश्यक परेकाले खरिद गर्न लागिएको बताए।

पास नगराइकन गाडी किन्ने स्वीकृत गराएका सुब्बाको आफ्नै पार्टी एमालेमा समेत असन्तुष्टि बढेको छ। सुब्बाले गाडी किन्ने निर्णय गरेपछि सुनसरी १ (ख)बाट निर्वाचित संसद प्रदिप भण्डारीले मेयर सुब्बालाई गाडी खरिद गर्ने विवादास्पद निर्णय स्थगित गर्न निर्देशन दिएका थिए।

तर, सुब्बाले गाडी खरिद गर्ने अडानलाई यथावत राखेपछि उनी धरानको विकास र धराने जनताको समस्या समाधान गर्न नभएर गाडी चढ्न मात्र निर्वाचित भएको प्रष्ट भएको युवासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानदीपले बताए। गाडी खरिदबारे मेयर सुब्बालाई सम्पर्क गर्दा बोल्न नमिल्ने प्रतिक्रिया दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.