५० करोडको लगानीमा दुई क्यासिनो आउने

५० करोडको लगानीमा दुई क्यासिनो आउने

काठमाडौं : भारतीय दुई कम्पनीले नेपालमा क्यासिनो सञ्चालनका लागि ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् । प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाडौं र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रूपन्देहीमा क्यासिनो सञ्चालन गर्न गरेको प्रस्तावलाई उद्योग विभागले स्वीकृति दिइसकेको छ ।

भारतीय प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको २५ करोड रुपैयाँमा क्योसिनो सञ्चालन गर्ने प्रस्तावमा विभागले सहमति दिएको हो । कम्पनीले ८५ प्रतिशत विदेशी लगानी र १५ प्रतिशत नेपालीको लगानीमा क्यासिनो सञ्चालन गर्न लागेको छ । क्यासिनो सञ्चालनमा आएपछि कम्पनीले २५ जनालाई रोजगारीको अवसर दिने उल्लेख गरेको छ ।

यसैगरी एसएचएल म्यानेजमेन्ट सर्भिसेसले पनि २५ करोड रुपैयाँकै लगानीमा रूपन्देहीमा क्यासिनो सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृति लिएको छ । यस कम्पनीमा ९० प्रतिशत विदेशी लगानी र १० प्रतिशत नेपाली लगानी रहनेछ । क्यासिनो सञ्चालनमा आएपछि पाँच सय जनाले रोजगारी पाउनेछन् ।

प्रस्ताव स्वीकृति भएका कम्पनीले क्यासिनो नियमावली २०७२ अनुसार आफै लाइसेन्स लिएर पाँच तारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउनेछन् । कम्पनीले होटलले लिएको क्यासिनो सञ्चालनको लाइसेन्सबाट पनि क्यासिनो सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ ।

 

नेपालमा क्यासिनो

नेपालमा होटल सोल्टीले सन् १९६८ अगाडि नै क्यासिनो सुरु गरेको थियो । तर, १९७० कै दशकमा अमेरिकन नागरिक आरडी टटलको कन्टिनेन्टल ग्रुपले क्यासिनोको व्यवस्थापन सुरु गरेको थियो । भुटानी राजपरिवारका नातेदार लेनी दोर्जीले केही समय क्यासिनो नेपालको व्यवस्थापन नेतृत्व गरेका थिए । आरडी टटल क्यासिनोका अनुभवी थिए । उनले मलेसियाको ‘गेन्टिङ हाइल्यान्ड’ मा पनि साझेदार भई क्यासिनो चलाइसकेका थिए । २०४८ सालमा निर्वाचित सरकार बनेपछि थप तीन होटेलमा क्यासिनो सञ्चालनको लाइसेन्स दिइयो । सन् १९९२ मा क्यासिनो अन्ना (होटेल अन्नपूर्ण) र सन् १९९३ मा क्यासिनो एभरेस्ट (होटेल एभरेस्ट) र क्यासिनो रोयल (होटेल याक एन्ड यती) को लाइसेन्स दिइयो । क्यासिनो एउटाबाट एकैपटक चार वटा हुँदा ग्राहक बाँडिए, प्रतिस्पर्धा चर्कियो । नेपाली ग्राहकलाई खुसुक्क क्यासिनोमा छिराउने काम यहीँबाट सुरु भएको थिए ।

प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाडौं र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रूपन्देहीमा क्यासिनो सञ्चालन गर्न गरेको प्रस्तावलाई उद्योग विभागले स्वीकृति दिइसकेको छ ।

पाँचतारे होटेलसँगै क्यासिनो थपिने क्रम चल्दै गयो । पाँचतारे होटेलले केही गर्नुपर्थेन, टटलको नेपाल रिक्रियसन सेन्टरलाई जिम्मा दिए पुग्थ्यो । लाइसेन्स लिइदिएर क्यासिनो चलाउने काम सेन्टरले गथ्र्यो, होटेलले भाडा पाउँथे । घरजग्गा कारोबार फस्टाएको बेला थियो, क्यासिनोमा खर्च गर्ने नवधनाढ्य दिन दुगुना, रात चौगुना जन्मिदै थिए ।

क्यासिनोकै लागि सांग्रिला र मल्ल होटेल पाँच तारेमा अपग्रेड भए । सबै पाँच तारे सोल्टी, अन्नपूर्ण, एभरेस्ट, याक एनड यती, ‍¥याडिसन, हायात, सांग्रिला, मल्लका साथै पोखराको पोखरा ग्रानड र फूलबारी रिसोर्टमा क्यासिनो चलाइयो । तर, हाल यही होटलमा लामो समयसम्म सञ्चालन भएका क्यासिनोको सरकारी बक्यौता एक अर्ब ३३ करोड छ । सबै जस्तो क्यासिनोको अहिले सर्वोच्च अदालतमा मुद्दा छ । केही समय अघि मात्रै सोल्टी होटलमा क्यासिनो सञ्चालन गर्दै अन्य क्यासिनोको व्यवस्थापन गरेको नेपाल रिक्रियसन सेन्टरको ५३ करोडभन्दा बढी रकम सोल्टी होटलले तिर्नु नपर्ने निर्णय सर्वोच्चले गरेको छ ।

अन्तिम समयमा नेपाल रिक्रियसन सेन्टरको जिम्मा लिएका भारती नागरिक राकेश बाधवाले नेपाल छाडिसकेका छन् । उनी अहिले भारतको लखनउमा क्यासिनो सञ्चालन गरेर बसेका छन् । नेपालमा टटल र बाधवाको साझेदारी एक दशकभन्दा बढी चल्यो । त्यसपछि दुवैबीच झगडा हुन थाल्यो । अन्त्यमा बाधवाले नै कानुनी लडाइ जित्दै नेपालमा क्यासिनामा राज गरेको थिए । सरकारले लामो समयदेखि क्यासिनो सञ्चालनको रोयल्टी नतिरी क्यासिनो बन्द गर्न थालेपछि बाधवाले पनि नेपाल छाडेका थिए ।

 कम्पनी परिर्वतन गर्दै फेरि उही टोली

बाधवाको समूहलाई नेपालमा क्यासिनो सञ्चालन गर्दा मनग्गे आम्दानी भएको झल्को अझै सकिएको छैन । फेरि नेपाल रिक्रियसन सेन्टरकै नाममा क्यासिनो सञ्चालन गर्ने सक्ने अवस्था पनि छैन । नेपाल सरकारलाई बुझाउपर्ने ५३ करोडभन्दा बढी रकम नबुझाइ बाधवाको टोलीले प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको नामा नेपालमा क्यासिनो सञ्चालनको प्रस्ताव उद्योग विभागबाट स्वीकृति लिएको एक पुराना क्यासिनो व्यवसायी बताउँछन् । नेपाल रिक्रियसन सेन्टरको नाममा काठमाडौंको सोल्टी होटलमा माजोङ क्यासिनो सञ्चालन भइरहेको भवन र केही जग्गा छ । नेपाल सरकारले उक्त सम्पति नेपाल रिक्रियसन सेन्टर प्रयोग गर्न नपाउने गरी बन्द गरेपछि बाधवाले नयाँ कम्पनीमार्फत फेरि नेपालमा क्यासिनो आतंक सिर्जना गर्न लागेको स्रोत बताउँछन् ।

सरकारले क्यासिनो नियमावली २०७० जारी गरेपछि बक्यौता नबुझाउने क्यासिनो बन्द भए । बक्यौता नतिर्ने तिनै क्यासिनालेले अन्तरिम आदेश ल्याएर क्यासिनो सञ्चालन गर्ने जुक्ति निकालेका छन् । होटल ¥याडिसनमा क्यासिनो ‍¥याड २०७३ जेठ १६, होटल याक एन्ड यतीमा रोयल क्यासिनो पहिलोपटक २०७२ माघ १२ गतेको अन्तरिम आदेशकै भरमा चलिरहेका छन् । ह्यापी आवरले २०७१ साउन १५ गतेबाट अन्तरिम आदेश लिएर उपत्यका बाहिरबाट चार ठाउँमा क्यासिनो चलाइरहेको छ । अदालतबाट २०७३ साउन २१ गते अन्तरिम आदेश लिएर सञ्चालनमा रहेको मल्ल होटलको भेनस क्यासिनोचाहिँ अदालतकै आदेशका कारण २०७३ पुसदेखि बन्द छ ।

 यस्तो छ क्यासिनो नियमावली

क्यासिनो सञ्चालन गर्न इजाजत लिने संस्थासँग २५ करोडभन्दा बढी चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ । पुँजी भएको र कालो सूचीमा नरहेको, पहिले नै स्थापना भएको क्यासिनोको नाम नमिलेको अवस्थामा तीन करोड रोयल्टी बुझाएपछि होटलले सहमित दिएको अवस्थामा क्यासिनो सञ्चालन गर्न इजाजत पाउन सकिनेछ । इजाजत लिन पाँच लाख दस्तुरसहित कहाँ कुन समय क्यासिनो सञ्चालन गर्ने भने विवरण खुलाएर पर्यटन विभागमा निवेदन दिनुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.