भात र मासु चोर्ने अनि कल्भर्टमा सुत्ने चोर पक्राउ

भात र मासु चोर्ने अनि कल्भर्टमा सुत्ने चोर पक्राउ

स्याङ्जा : सुन्दा पनि अचम्मै लाग्ने। चोरका गतिविधि पनि अनेक छन्। ‘दिनभर वेपत्ता साँझपरेपछि खानाको खोजीमा घरका ताला फोर्दै भात, दुध, मासु, तरकारी जे छ त्यही चोर्ने। यदी भान्सामा पाकेको खाना भए पनि पकाएको भाडोसहित चोरेर लाने।’

यस्तै गतिविधी भएको १५-२० दिन जति भयो पुतलीबजार नगरपालिका ११ मा। पालैपालो घर घरका समान हराउने, चोरी हुने गरेको थियो। बुधबार साँझ शंखपुर बस्ने ७३ वर्षका घनबहादुर गुरूङको घरमा ताला फुटाई भाँडाकुँडासहित फ्रिजमा रहेको मासु चोरी गरेको आरोपमा उनीहरु पक्राउ परे।

दिनहुँ पालै पालो घरका समान चोरी हुन थालेपछि स्थानीयबासीले खोजी गर्दै जाँदा सडक मुनी कल्भर्टमा सुतिरहेको अवस्थामा दुईजना युवालाई फेला पारेपछि प्रहरीलाई खवर गरेका थिए। कल्भर्ट मुनी खानासहित मासु पकाएको र विस्तारा पनि रहेको प्रहरीले जनाएका छ।

कल्भर्टबाटै स्याङ्जाको भिरकोट नगरपालिका-६ बगरेबजारको २० वर्षीय रामबहादुर बिक र सोही स्थान बस्ने १८ वर्षका राजु बिक पक्राउ परेका हुन्। घटनामा संलग्न व्यक्तिलाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। आरोपितद्वय पुतलीबजार नगरपालिका-११ मायाटारी स्थित सिद्धार्थ राजमार्ग सडक खण्डको कल्भर्ट मुनी बिस्तारा लगाई खाने बस्ने समेत व्यवस्थागरी बस्ने गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उहानीलाई कल्भर्ट मुनी खानतलासी गर्दा विभिन्न घरयासी सामान, हातहतियार, चोरी गर्दा प्रयोगमा आउने सामानहरु, केही खाद्य सामान, लत्ता कपडा सहित फेला हुन्। घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको छ।  त्यसैगरी, एकसाताअघि पनि पर्वत घर बताउने २० वर्षीय सुजन गुरुङ र २१ वर्षीय विपेन्द्र नेपाली मायाटारीबाट पक्राउ परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.