पर्वतारोही गाइडको अध्यक्षमा आङनुर्वू

पर्वतारोही गाइडको अध्यक्षमा आङनुर्वू

काठमाडौं : हिमाल आरोहण गर्ने तालिमप्राप्त दक्ष गाइडको संस्था नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघको अध्यक्षमा आङनुर्वू शेर्पा चयन भएका छन् । बिहीबार काठमाडौंमा भएको पाँचौ अधिवेशनले उपाध्यक्षमा छिरिङ पाण्डे भोटे, महासचिव तुलसिंह गुरुङ, सचिव पिम्वा तेन्जिङ लामा र कोषाध्यक्षमा तेन्जिङ शेर्पालाई चयन गरेको छ ।

नौ सदस्य रहने समितिका सदस्यमा अन्तर्राष्ट्रिय गाइड लामबाबु शेर्पा, आङदावा शेर्पा, पासाङ काजी शेर्पा, सुमन गुरुङ चयन भएका छन् । नेपालमा हालसम्म ५० जना अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक र १८ राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक गरी ६८ जना छन् । सरकारले सीप परीक्षण गरी इन्जिनियर स्तरको मान्यता दिइ सकेका पथ प्रर्दशकले विश्वभरका हिमालमा पथ प्रर्दशकको काम गर्ने मान्यता समेत पाएका छन् ।

विश्वभरका हिमालमा पथप्रर्दशकको मान्यता पाउँदै आएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक महासंघ नेपालले पाँच वर्ष अघि सदस्यता लिएको हो । नेपाल राष्ट्रिय पथ प्रदर्शक संघमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गाइडहरु मात्र सहभागि बन्न पाउने छन् । सन् १९६५ मा अष्ट्रिया, फ्रान्स, स्वीटजरल्याण्ड र इटालीका पथप्रर्दशकले महासंघ स्थापना गरेका थिए । हाल विश्वका हिमाल भएका २६ राष्ट्र महासंघमा आवद्ध छन् ।

पर्वतारोहणलाई सुरक्षितसँगै उद्धार सहितको क्षमता राख्ने पथप्रर्दशकले नयाँ प्रविधि र हिमाल आरोहणमा देखिँदै आएका चुनौतिलाई सहजीकरण गर्न नवनिर्वाचित अध्यक्ष शेर्पाले पहल थाल्ने बताए । गाइडमा प्रशिक्षणबाट दक्षता वृद्धि गर्दै नयाँ प्रविधि र सामाग्रीको विषयमा जानकारी दिएर सुरक्षित पर्वतारोहणमा प्रोत्साहन गर्ने लक्ष्य संघले राखेको अध्यक्ष शेर्पाको भनाइ छ ।

विश्वका आठ हजार मीटर भन्दा अग्ला २० हिमाल मध्ये १४ वटा नेपालमै रहेकाले दक्ष पर्वतारोहण पथ प्रर्दशक उत्पादनमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक महासंघमा ६ हजार पर्वतारोहण पथप्रर्दशक आवद्ध छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.