डाँका चोरी मुद्दाका फरार अभियुक्तसहित तीन जना पक्राउ

डाँका चोरी मुद्दाका फरार अभियुक्तसहित तीन जना पक्राउ
सुन्नुहोस्

धादिङ : जेनजी आन्दोलनका क्रममा मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका डाँका चोरी आरोपमा पक्राउ परेका व्यक्ति रुद्र मोक्तान पुनः चोरी प्रकरणमा पक्राउ परेका छन् । उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार असार ४ गते मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठस्थित बुद्धराम मोक्तानको घरबाट ६ लाख रुपैयाँ नगद चोरी भएको घटनाको अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका–६ आदमघाट बजार क्षेत्रमा मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रुद्र मोक्तानको साथबाट चोरी भएको रकममध्ये ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ बरामद गरिएको छ ।

nullपक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ३३ वर्षीय रुद्र मोक्तान, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ जरुङका २१ वर्षीय अशोक तामाङ र १९ वर्षीय उमेश तामाङ रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ नगद, ग ८ प ९३२१ नम्बर र न १७ प ४१७५ नम्बरका दुई मोटरसाइकल तथा तीन थान मोबाइल फोन बरामद गरेको छ । प्रहरीका अनुसार रुद्र मोक्तान डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका थिए । 

प्रहरी अभिलेखअनुसार मोक्तानविरुद्ध यसअघि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरी तथा डाँकासम्बन्धी विभिन्न मुद्दा दर्ता भएका छन्। २०७६ सालमा गोली प्रहार गरेको आरोपमा उनी पक्राउ परेका थिए भने सोही वर्ष उनको गोठबाट तीन थान भरुवा बन्दुक बरामद भएको थियो ।
पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.