बाबुको हत्या आरोपमा आमा–छोरा पक्राउ

बाबुको हत्या आरोपमा आमा–छोरा पक्राउ
सुन्नुहोस्

कालीकोट : कालीकोटमा ४८ बर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमा–छोरा दुबैलाई पक्राउ गरेको छ । सान्नित्रिबेणी गाउँपालिका–४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका–९ मुम्रा बस्ने सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै श्रीमती र छोरालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको हो । 

यही जेठ २७ गते साँझ ८ बजेर ३० को समयमा सान्नीत्रिवेणी गाउपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले बताए । ‘उनले भने अनुसन्धानको क्रममा उनकै छोरा र श्रीमतीको संग्लनता भेटिएकाले थप अनुसन्धानका लागि आमा–छोरालाई बिहीबार नियन्त्रणमा लिएका हौं ।’ 

घटमा संलग्न १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया सूर्यबहादुर शाहीकी श्रीमती राजकला शाहीले जेठ २७ गते सुपेचौरस्थित गोरेटो बाटोमा ढुङ्गाले टाउकोमा प्रहार गरी  हत्या गरेको खुल्न आएको छ । पक्राउ परेकी शाहीकी श्रीमती र छोरालाई कालीकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरायसी विवादले ठुलो रुप लिएपछि घटनाले फरक मोड लिएको हुन सक्ने प्रहरीको भनाई छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.