प्रधानमन्त्रीले सिंहदरबारमा रोपे मनपर्ने फलफूलका बिरुवा (फोटो फिचर)
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसका अवसरमा संघीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबार परिसरमै वृक्षरोपण गरेका छन् ।
प्रधामन्त्रीले एक कार्यक्रमबीच सिंहदरबार परिसरमा लिची र एभोकाडोको बिरुवा रोपेका हुन् । प्रधानमन्त्रीले आफूलाई मन पर्ने फलफूल लिची र एभोकाडो भएको बताउँदै सिंहदरबार परिसरमा दुवै फलका विरुवा रोपेका हुन् ।
सरकारले थालेको एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियानको थालनी गर्दै प्रधानमन्त्रीले आफूलाई मनपरेका दुई फलफूलका विरुवा रोपेका हुन् । उनले विरुवा रोपिसकेपछि ‘फलजति जनतलाई, फूलजति देशलाई’ हुने बताए ।











प्रतिक्रिया दिनुहोस !