तीन वटा संसदीय समितिको सभापतिमा पाँच जनाको उम्मेदवारी
जनकपुरधाम : मधेश प्रदेश सभामा लामो समयदेखि रिक्त सार्वजनिक लेखा समितिलगायत तीनवटा समितिको सभापतिमा पाँच जना सांसदले मनोनयन दर्ता गराएका छन् ।
मधेस प्रदेश सभाले सूचना जारी गरेपछि सहमति हुन नसक्दा सोमबार सत्तापक्ष र प्रतिपक्षका सांसदले छुट्टाछुटै मनोनय दर्ता गराएका हुन् ।
कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा एकल उम्मेदवारी परेपछि नेकपा माओवादी केन्द्रका जगत यादव निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा स्थापनाको चार वर्ष बितिसक्दा पनि हालसम्म सभापति नपाएको सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका तर्फबाट नरेश यादव र लोसपाको तर्फबाट प्रहलाद गिरी गोस्वामीले मनोनयन दर्ता गराएका हुन् ।
त्यसैगरी कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का मदनसेन प्रसाद श्रीवास्तव र प्रतिपक्ष नेकपा एमालेकी जगतारण देवीले मनोनयन पत्र दर्ता गराएका छन् ।
मंगलबार बस्ने सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्थापन समितिको बैठकले सभापतिको टुंगो लगाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।
प्रदेशसभा स्थापनाकालमै विवाद भएपछि मधेस प्रदेशसभामा सार्वजनिक लेखा समिति सभापतिविहीन रहेको थियो । त्यसैगरी सर्लाहीका प्रदेश सांसद वीरेन्द्र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री नियुक्त भएपछि कृषि तथा भूमि व्यवस्थापन समिति र एमालेमा प्रवेश गर्दा रामचन्द्र मण्डललाई माओवादी केन्द्रले बरखास्त गर्दा प्राकृतिक स्रोत तथा व्यवस्थापन समितिको सभापति पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस !