...नत्र हुन सक्छ मधुमेह

...नत्र हुन सक्छ मधुमेह

काठमाडौं : तपाईंको जीवनशैली कस्तो छ ? खानपान स्वस्थकर छ ? राति खाना खाएको कति घण्टापछि सुत्नुहुन्छ ? जीवनशैली र खानपान स्वस्थ छैन भने बेलैमा सुधार्नुहोस्। नत्र, मधुमेह (डायबिटिज) ले जीवनभर पिरोल्न सक्छ।  

घर–घरमा मधुमेहका बिरामी देखापर्न थालेका छन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म मधुमेहको मारमा छन्। वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार प्रौढ जनसंख्यामध्ये झन्डै ८ प्रतिशतमा मधुमेह भएको अनुमान छ।  यस रोगले औसतमा १३ वर्ष आयु घटाउने चिकित्सकहरू बताउँछन्। बढ्दो आधुनिकीकरण एवं सहरीकरण, अस्वस्थ जीवनशैली र खानपानले मधुमेह पीडितको संख्या बढ्दै गएको डा. भट्टराईको भनाइ  छ। मधुमेहले मस्तिष्क, आँखा, मुटु, मिर्गौला, नसालगायत शरीरका महत्वपूर्ण अंगहरूमा असर गरी ज्यान लिने चिकित्सक बताउँछन्। 

‘मधुमेह भयावह किमिसले बढिरहेको छ,’ वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, ‘विज्ञले दिएका सुझावहरू व्यवहारमा लागू गरे बच्न र नियन्त्रण गर्न सकिन्छ।’ मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका वा प्रत्यारोपणको तयारीमा रहेका मिर्गौलाका बिरामीमध्ये झन्डै ४० प्रतिशतमा मधुमेह भएको डा. काफ्ले बताउँछन्। 

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाश सायमीका अनुसार हृदयघात भएकामध्ये ३० देखि ४० प्रतिशत व्यक्तिमा मधुमेह पाइएको छ। ‘मधुमेहीलाई हृदयघातपछिको जटिलता उच्च हुन्छ,’ डा. सायमीले भने, ‘सामान्य व्यक्तिभन्दा मधुमेहका बिरामीलाई हृदयघात भए मृत्य हुने जोखिम बढी हुन्छ।’

मधुमेह दुई किसिमको हुन्छ। जसलाई चिकित्सकहरूले टाइप–१ र टाइप–२ मधुमेहका रूपमा वर्गीकरण गरेका छन्। मधुमेह रोग विशेषज्ञ डा. भट्टराईका अनुसार, बेलैमा मधुमेह नियन्त्रण गर्न सके आँखा, मुटु, मिर्गौलालगायतका अंग जोगाउन सकिन्छ। 

बालबालिकालाई टाइप–१ डायबिटिज
 विगतमा मधुमेह बुढापाकाको रोगको रूपमा लिइन्थ्यो। तर, केही वर्षयता बालबालिकामा पनि देखा पर्ने क्रम बढेको बालरोग विशेषज्ञ बताउँछन्।

कान्ति बाल अस्पतालकी बरिष्ठ बाल रोग (मधुमेह) विशेषज्ञ डा. सुभाना थापाका अनुसार मधुमेहबाट पीडित बालबालिकामध्ये झन्डै ९० प्रतिशतमा टाइप–१ मधुमेह देखिएको छ। बाँकी १० प्रतिशतमा टाइप–२ मधुमेहको समस्या पाइएको छ। टाइप–१ मधुमेहमा पिसाब छिटोछिटो हुने, तीर्खा लाग्ने, छाला सुक्खा हुने, थकाई लाग्ने लगायतका लक्षणहरू देखिन्छन्। १० वर्षमाथिकामा मधुमेहको समस्या बढी देखिएको  थापाले बताइन्। ६ महिनाको शिशुमा पनि मधुमेह पाइएको छ। 

टाइप–१ डायबिटिज इन्सुलिन हर्माेनको कमीले निम्तिने समस्या हो। टाइप २ डायबिटिज इन्सुलिनले पर्याप्त काम गर्न नसक्दा उत्पन्न हुन्छ । अर्थात् टाइप–१ डायबिटिजमा कम इन्सुलिन उत्पादन हुन्छ। टाइप–२ मधुमेहमा इन्सुलिन उत्पादन हुन्छ तर त्यसले प्रभावकारी काम गर्न सक्दैन।  अभिभावकले प्राकृतिक खाना ख्वाउन ध्यान दिनुपर्ने डा. भट्टराईको सुझाव छ। ‘अभिभावकहरू स्वयं पनि अर्गानिक एवं रेसादार खाना खाने र सन्तानलाई पनि ख्वाउनुपर्छ,’ उनले भनिन्, ‘कारखाना (फयाक्ट्री)मा उत्पादितभन्दा घरमै बनाएको स्वस्थकर खाना बालबालिकालाई टिफिनमा राखिदिनुपर्छ।’

वयष्क मानिसलाई हुने मधुमेह दोस्रो प्रकारको मधुमेह (टाइप–२ डायबिटिज) हो। अस्वस्थकर एवं पत्रु (जंक फुड)खाना, मानसिक तनाव र शारीरिक व्यायामको कमीले अन्य उमेरका व्यक्तिलाई मधुमेह भएको चिकित्सकहरू बताउँछन्। मधुमेह व्यवस्थापन गरेर स्वस्थ्य रहन सकिन्छ, तर एकचोटी भइसकेपछि पूर्णरूपमा ठीक हुँदैन। परिवारमा कुनै एक जनामा मधुमेह भए परिवारका अन्य सदस्यलाई मधुमेह लाग्ने ५० प्रतिशत सम्भावना हुने डा. भट्टराई बताउँछिन्। जुनसुकै उमेरमा पनि मधुमेहको समस्या देखिएपछि चिकित्सकहरूले यसलाई पारिवारिक रोगको संज्ञा दिएका छन्। ४० वर्ष नाघेका १९ प्रतिशतमा मधुमेह भएको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.