कपनको ढलमा बेपत्ता बालकको शव ललितपुरमा भेटियो
काठमाडौं : गत मंगलबार काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा फेला परेको छ। ललितपुर र मकवानपुरको सीमा क्षेत्र बागमती गाउँपालिका-१, घुसेलमा शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले अन्नपूर्णलाई जानकारी दिए।
उनका अनुसार शव बाटोसम्म ल्याउन दुई घन्टा उकालो चड्नुपर्छ। पोस्टमार्टका लागि शव पाटन अस्पताल ल्याइँदैछ। स्थानीयले शव बागमती नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी पुगेर शवको पहिचान गरेको हो।
मंगलबार साँझ घर जाँदै गरेका उज्ज्व ढलमा फसेका थिए। प्रहरीले पाँच दिनपछि शव फेला पारेको हो।
प्रतिक्रिया दिनुहोस !
३