मलेसियाले नेपालीलाई पनि आफ्नै देशका कामदार सरह सुविधा दिने

मलेसियाले नेपालीलाई पनि आफ्नै देशका कामदार सरह सुविधा दिने

काठमाडौं : मलेसिया सरकारले नेपाली कामदारलाई आफ्नै देशको कामदार अनुसार सेवा सुविधा दिने प्रतिवद्धता जनाएको छ। 

नेपाल भ्रमणमा रहनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइल नेतृत्वको टोली र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको टोलीबीच शुक्रबार काठमाडौंमा भएको छलफलका क्रममा नेपाली कामदारहरूलाई मलेसियाको स्थानीय कामदार सरह सेवा सुविधा दिने प्रद्धिवद्धता जनाएको हो। 

मलेसियामा नेपाली कामदार पठाउदा सिपयुक्त बनाएर पठाउने जिम्मेवारी आफुहरूको रहेको र सेवा सुविधामा कुनै कमी हुन नदिने मलेसियाको प्रतिवद्धता रहेको मन्त्री अर्यालले जानकारी दिए। 

बैठकमा श्रम सम्झौता नविकरण गर्न मलेसियाको प्रस्ताव रहेको र आवश्यक सुधार गरी नविकरण गर्ने कुरा भएको मन्त्री अर्यालले बताए। त्यस्तै मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले मलेसियामा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको बताए। 

मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको र यसले नेपाली कामदारलाई फाइदा हुने उहाले जानकारी दिए। मलेसियाले कामदार सहज भर्ना प्रक्रिया र पुनः क्यालिब्रेसन कार्यक्रम सञ्चालनमा ल्याएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.