साउदीमा सात महिनादेखि ६ नेपाली अलपत्र

साउदीमा सात महिनादेखि ६ नेपाली अलपत्र

साउदी : रोजगारीका क्रममा साउदी अरेबिया पुगेका ६ जना नेपाली  रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको आसिन ओभरसिज प्राली मेनपावरबाट ४ जुन २०२२ मा साउदी पुगेका ६ जना नेपाली सात महिनादेखि अलपत्र परेका छन्।

नेपालमा गरेको सम्झौताअनुसार १० घण्टा काम गरे बापत एक हजार तीन सय र खानाको ३ सय  साउदी रियाल दिने भनेर उनीहरू साउदीको क्युमत  फाल्कोन्स क्याटरिङ नामक कम्पनीमा किल्नरको रूपमा काम गर्न साउदी पुगेका थिए।

पीडितले हामीलाई सुरुमा काम गर्न लगाईयो र ४ महिना सम्म  काम गर्दा ४सय ५ रियल मात्र दिएको र बाकी तलबको कुरा गर्दा काम रोकेर  कार्यरत ठाउँबाट स्तानतरण गरि अर्को ठाउँमा लगिएर राखियो बताए।

 हामीले काम गरेको तलव त दिएन दिएन  ३ महिना देखि बिना काम हामीलाई अलपत्र पारेको छ भने बिना बिजुली भएको पुरानो घरमा राखिनुको साथै पिउने पानीदेखि खाद्यान्नको  समेत समस्यामा रहेको छ ।

पीडितहरुले नजिकै रहेको  मसजितबाट मागेर पेट पालेको समेत गुनासो गरेका छन् । अहिले राखिएको घरमा सम्बन्धित कम्पनीबाट मुदिर भनिने मिश्रीले समय समयमा आएर मानसिक तनाव दिनुको साथै कुटपिट गरि पासपोर्ट समेत खोसिएको गुनासो गर्छन् । साथै कुटपिटबाट शरीरमा रगत जमेका दाग समेत देखाएका छन्  भने तत्काल स्वदेश फिर्ताको लागि अनुरोध समेत गरेका छन् ।

साउदी अरेबिया आउने क्रममा मेनपावरले सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधाहरू प्राप्त हुनेछन् भनि प्रतिव्यक्ति एक लाख पचास हजारदेखि दुई लाखसम्म  बुझाएको पीडितहरूले बताए।

पीडितत भन्छन कम्पनीले अलपत्र पारेको जानकारी मेनपावर संचालिका  कार्यालय प्रमुख सरस्वती सुवेदी लाई  गराउँदा आज भोलि गरेर २ महिना सम्म कतैबाट पनि सुनाई नभएको गुनासो गरेका छन् भने सुवेदीका अनुसार पीडितहरुलाइ उद्दार गर्न दूतावासको सहयोग चाहिएको जानकारी दिएकी छन ।

अलपत्र पर्नेहरूमा राम प्रमोद राई यादव  सर्लाही , गणेश बहादुर थापा सुनसरी ,दिल कुमार बिस्वकर्मा सोलुखुम्बु , हेम राज चौधरी कंचनपुर ,कालुराम चौधरी  कंचनपुर
सिउली रावत  सल्यानका  गरि ६ जना रहेका छन् । 

सम्बन्धित कम्पनीले सुरुमा काम र बस्न दिएको तर अन्य सेवा सुविधा समेत नदिएकाले अहिले बिचल्ली अवस्थामा रहेको बताए। संचालिका सुवेदीलाई  पीडितहरूले बारम्बार सम्पर्क गरी उद्दार गरिदिन आग्रह गर्दा र आफूहरुलाई खानसम्म रकम नभएको गुनासो गरेलगत्तै मेनपावर कामदार साउदी प्रतिनिधि हरि सुन्दर सिंहले ५ सय साउदी रियल समेत दिएको बताए । 

साउदी अरेबिया आउने क्रममा मेनपावरले सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधाहरू प्राप्त हुनेछन् भनि प्रतिव्यक्ति एक लाख पचास हजारदेखि दुई लाखसम्म लिएको  थियो ।

अन्नपूर्णकर्मी बिष्णु घिमिरे, सामाजिक व्यक्ति अमृत पौडेल, दिमक रेग्मी, खेमराज भट्ट, सन्जोग पाण्डे,मनिस थापा,कमल शाही निर्मल, भिम विश्वकर्मा, कृष्ण तिवारी पिडीतहरुको अवस्था बूझ्न पीडितहरु रहेको आवसमा पुगेका थिए भने आवश्यकता अनुसार दुतावास र सम्बन्धित मेनपावरसँग छलफल गरी उद्दार गर्ने जानकारी दिनुको  साथै पीडितहरूको बारेमा  तत्काल उद्धार गर्न नेपाली दूतावासलाई समेत आग्रह गरेका छन् ।

तत्कालीन अवस्थामा रोजगारीका क्रममा साउदी आउने कामदारको संख्या बढेतापनि सम्बन्धित कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिँदा र पठाउने  मेनपावरले  साउदीमा रहेका कम्पनीबारे आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्नाले साउदीमा नेपाली कामदारप्रति विभिन्न समस्याहरू देखा परेका छन्।

 कामदारका रूपमा साउदी पुगेका नेपाली कामदारहरूको सम्बन्धित कम्पनीले समयमा नै, तलब, अकामा कार्ड, इन्स्योन्स कार्ड तथा अन्य सेवा सुविधाहरू नपाउनाले कामदारहरू कम्पनी छोडेर भाग्ने क्रम समेत बढ्दो रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.