प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवालाई कांग्रेस नेताहरूको दबाब

प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवालाई कांग्रेस नेताहरूको दबाब

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गरेका छन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले शुक्रबार आफू निकट नेताहरूसँग निचोडमा पुग्न छलफल गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय दुई दिन बाँकी भएपछि देउवाले उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, क्याबिनेटका मन्त्रीहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी र महिला नेतृ डीला संग्रौलासँग भेट गरेका हुन्। राष्ट्रपति भण्डारीले पुस १० गते ५ बजेसम्मका लागि सरकारको नेतृत्वमा दाबी गर्न समय दिएकी छन्।

देउवाले भावी रणनीति तय गर्न आफू पक्षीय नेताहरूसँग सम्बादमा जुटेका छन्। सहभागी नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउलाई सुझाव दिएका छन्। 'संसदको ठूलो दलको हैसियतले पनि कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ भनेर सभापतिज्युलाई सुझाव दिएका छौं। उहाँ आफ्नो अडानबाट पछि हट्नु हुन्न,' सहभागी एक नेताले भने। 

शुक्रबार बिहान खुमलटार पुगेका नेता सिंहलाई प्रचण्डले जसरी पन प्रधानमन्त्री पद चाहिने र नपाए गठबन्धनबाट निस्किने धम्की दिएका थिए। त्यसलगत्तै सिंह प्रचण्डको सन्देश लिएर बालुवाटार पुगेका थिए।   


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.