प्रचण्डलाई गगन थापाको व्यंग्य : हामी बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली बोल्दैनौं

प्रचण्डलाई गगन थापाको व्यंग्य : हामी बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली बोल्दैनौं

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसीसीमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । वैदेशिक सहायता परियोजनालाई राजनीतिक एजेण्डा बनाएर आफ्नो अनुकूलतामा प्रयोग गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना ससुरा अर्जुननरसिंह केसीको पुस्तक विमोचन समारोहमा बोल्दै थापाले भने, 'कांग्रेसको नेतृत्वले खुट्टा कमाउनु हुँदैन । पार्टीको निर्वाचनको क्षण तत्क्षणको लाभहानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्छ ।'

नेपालको राष्ट्रिय हित रक्षाका लागि, नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताका निम्ति एउटा राजनीतिक दलले निर्वाह गर्नुपर्ने कर्तव्य कांग्रेसले निभाउने उनको भनाइ छ ।  

'कांग्रेस अरुजस्तो सरकारमा बस्दा एउटा पार्टीभित्र बस्दा एउटा, विहान एउटा बेलुका एउटा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिराख्ने चरित्र नेपाली कांग्रेसले बोक्दैन,' उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.