रेडक्रसमा प्रहरी पठाएर तमासा गर्न खोजियो : अध्यक्ष ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा राज्यपक्षबाट मानवअधिकार हननका घटना भएको बताएका छन्।
मानवअधिकार एलायन्सले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा विपक्षी दलका उम्मेदवारलाई गिरफ्तार गर्ने र हिरासतमा राख्ने लगायतका मानवअधिकार विरोधी काम राज्य पक्षबाट भएको दावी गरे।
विपक्षीलाई थुनाएर बुथ कब्जा गर्ने काम पनि भएको उनको भनाइ छ ।
ओलीले रेडक्रसमा अदालतको आदेश विपरित प्रहरी पठाएर तमासा गर्न खोजेको र डेमोक्रेसी र कानुनी राजको उपहास भएको तर्क गरे।
अध्यक्ष ओलीले आफ्नो अहिलेसम्मको लडाई मानवअधिकारका लागि नै भएको र कहिले पनि मानवअधिकारको उलंघन नगर्ने स्पष्ट पारे।
उनले मानवअधिकार जागिर नभएको र यो नितान्त आदर्श र निष्टासँग जोडिएको विषय भएको बताए।
प्रतिक्रिया दिनुहोस !