सुन र चाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा बिहीबार सुन-चाँदी दुवैको मूल्य घटेको छ । बुधबारको तुलनामा सुन तोलामा २ हजार ४०० र चाँदी १६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलाको २ लाख ८४ हजार ७०० कायम भएको छ।
महासंघका अनुसार चाँदी प्रतितोलाको ४ हजार ३४० कायम भएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० र चाँदी ४ हजार ५०० मा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस !