राष्ट्रको प्रश्नमा मौन बसेका रास्वपाका सांसदलाई इतिहासले कठघरामा उभ्याउने छ : खुस्बु ओली

राष्ट्रको प्रश्नमा मौन बसेका रास्वपाका सांसदलाई इतिहासले कठघरामा उभ्याउने छ : खुस्बु ओली
सुन्नुहोस्

ओलीले भनिन्, ‘इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन; सत्तापक्षले कहिले बोल्यो, कहिले मौन बस्यो, र कसको पक्षमा उभियो भन्ने पनि लेख्छ! इतिहासले सत्तापक्षको यो लाचारीपन पनि अवश्य हेर्नेछ। त्यसैले सम्झनुहोस्: आज तपाईंहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईंहरूलाई पनि कठघरामा उभ्याउनेछ।’

काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदलाई राष्ट्रहितका पक्षमा बोल्न आग्रह गरेकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले रास्वपाका सांसदलाई प्रधानमन्त्रीको सीमाको विषयका अभिव्यक्तिलाई राष्ट्रिय हितअनुकूल मान्नुहुन्छ? भन्दै प्रश्न गरिन् । उनले यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्न आग्रह समेत गरिन्। 

‘म सत्तापक्षका माननीय सदस्यहरूलाई पनि आग्रहपूर्वक सोध्न चाहन्छु: के प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई तपाईंहरू राष्ट्रिय हितअनुकूल मान्नुहुन्छ? यदि मान्नुहुन्छ भने यही सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि मान्नुहुन्न भने प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गर्नुहोस्।’ राप्रपाकी सांसद ओलीले भनिन्, ‘हिजो सभामुखको मानमर्दनको विषय आउँदा तपाईंहरुले तुरुन्तै नियमापत्ति गर्दै, अभिलेखबाटै हटाउने प्रयास गर्नु भयो- हटाउन लगाउनु भयो ! राष्ट्रको विषयमा मौनता पनि एउटा राजनीतिक अभिव्यक्ति हो। तपाईंहरु सत्तापक्षका संसद साथीहरुको मौनतालाई ३ करोड नेपाली जनताले कसरी बुझ्ने?’ 

उनले रास्वपाका सांसदलाई इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन; सत्तापक्षले कहिले बोल्यो, कहिले मौन बस्यो भन्ने पनि मूल्यांकन गर्ने जवाफ दिइन्। सांसद ओलीले  इतिहासले सत्तापक्षको यो लाचारीपन पनि अवश्य हेर्ने टिप्पणी गरिन्। उनले आजको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुने र भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका सांसदलाई पनि कठघरामा उभ्याउने तर्क गरिन्।

ओलीले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यस बेला तपाईंहरू किन मौन बसी रहनु भएको छ। राष्ट्रको विषय आउँदा तपाईंहरूको आवाज किन आउँदैन? केहि थान नेतागत  निष्ठा राष्ट्रिय हितभन्दा माथि कसरी पुग्यो? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन; सत्तापक्षले कहिले बोल्यो, कहिले मौन बस्यो, र कसको पक्षमा उभियो भन्ने पनि लेख्छ! इतिहासले सत्तापक्षको यो लाचारीपन पनि अवश्य हेर्नेछ। त्यसैले सम्झनुहोस्: आज तपाईंहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ज हुँदैछ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईंहरूलाई पनि कठघरामा उभ्याउनेछ।’ 

उनले प्रधानमन्त्रीसँग तीनवटा माग गरेकी छन्। ‘पहिलो, आफ्नो विवादास्पद अभिव्यक्तिमा सार्वजनिक रूपमा कोर्स करेक्सन गर्नुहोस्। दोस्रो, राष्ट्रिय हितविरुद्ध प्रश्न उठाउने ती अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाउन आफैं पहल गर्नुहोस्। तेस्रो, यही संसद्मा उपस्थित भएर सम्पूर्ण नेपाली जनतासमक्ष स्पष्ट जवाफ दिनुहोस्। आवश्यक परे क्षमा माग्नु नेतृत्वको कमजोरी होइन, उत्तरदायित्वको सर्वोच्च उदाहरणका रुपमा स्थापित गर्नुहोस्।’  सांसद ओलीले भनिन्,  हामी सीमा बिर्सने पुस्ताका होइनौँ; सीमा जोगाउने पुस्ताका प्रतिनिधि हौँ। हामी संसद्को गरिमा, संविधानको मर्म र नेपालको राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै दल, कुनै सरकार, कुनै पद वा कुनै व्यक्तिलाई कहिल्यै राख्न सक्दैनौँ।’ 

उनले सीमा कुनै नक्साको रेखा मात्र नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको हाम्रो दायित्व भएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.