भिजिट भिसाको जोखिम : ‘टिकट’ दिल्ली र कोलम्बोको, गन्तव्य दुबई

भिजिट भिसाको जोखिम : ‘टिकट’ दिल्ली र कोलम्बोको, गन्तव्य दुबई

काठमाडौं : गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएपछि मानव तस्करहरुले नयाँ रुट खोज्न थालेका छन्। केही म्यानपावर व्यवसायीहरु नै सर्वसाधारणबाट महंगो पैसा लिएर भिजिट भिसामा मलेसिया र खाडी मुलुक पठाउने गर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा भएकाहरुलाई प्रस्थान अनुमति नदिएपछि मानव तस्कहरुले भारत, श्रीलंका हुँदै मलेसिया र खाडी मुलुक पठाउने प्रयत्न गरेको खुलेको छ। 

गत शुक्रबार धादिङकी रुपा तामाङ भारतको नयाँदिल्ली जाने भन्दै विमानस्थल पुगिन्। एयरलाइन्सले उनलाई बोर्डिङ पास दियो तर अध्यागमनले नयाँ दिल्ली जाने प्रस्थान अनुमति दिएन। त्यसको कारण हो उनीसँग दुबईको भिसा हुनु। अध्यागमनका अधिकारीहरुले शंका लागेर अनलाइन भिसा परीक्षण गर्दा तामाङ दुबई जान लागेको प्रमाणित भयो। अध्यागनले उनलाई प्रस्थान अनुमति नदिई त्यहींबाट फिर्ता गरिदियो।

तामाङ मात्र होइन आइतबार भारत र श्रीलंका जाने भन्दै अध्यागमन पुगेका अन्य दुई जनाको पनि अनलाइनमा दुबईको भिसा पाइएको अध्यागमनका अधिकारीहरुले बताएका छन्। भारत जान लागेकी पद्म माया दंगाल र श्रीलंका जान लागेका मोरङका कृष्णबहादुर तामाङलाई पनि अध्यागमनले फर्कायो। श्रीलंका जाने बहानामा कृष्णबहादुर दुबई जाने प्रमाणित भएपछि अध्यागमनले उनलाई समेत प्रस्थान अनुमति दिएन। दंगाल पनि नयाँदिल्ली हुँदै दुबई जाँदै थिइन्। 

मानव तस्करहरुले सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुक पुर्‍याएर दुख दिएको भन्दै त्यसमा कडाई गरेको छ। जसका कारण मानव तस्करहरुले नयाँ रुटबाट भिजिट भिसामा मलेसिया र खाडी मुलक पठाउने प्रयत्न गर्दै आएको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.