दाङका ६ सय सहकारी स्थानीय तहमा समाहित

दाङका ६ सय सहकारी स्थानीय तहमा समाहित

घोराही  : दाङका ६ सय २७ सहकारी संस्था स्थानीय तहमा समाहित भएका छन्। सहकारीको अधिकार स्थानीय तहमा गएकाले स्थानीय तहमा समाहित गरिएको हो। अब सहकारी दर्ता, नवीकरण, अनुुगमन, नियमन र प्रवद्र्धनको सम्पूर्ण काम स्थानीय तहबाटै हुुनेछ।

जिल्लाका १० स्थानीय तहमा रहेका ६ सय ४७ सहकारी स्थानीय तहमा हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। यसअघि डिभिजन सहकारी कार्यालय दाङले सहकारी दर्ता, नवीकरण, अनुुगमन र नियमनको काम गर्दै आएको थियो।

सहकारी संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि अब सहकारी दर्ता, नवीकरणका लागि डिभिजन सहकारी कार्यालय आउनुुपर्ने बाध्यता हटेको छ। यसबाट राप्तीका पाँच वटा जिल्ला प्रत्यक्ष लाभान्वित भएका छन्। डिभिजन सहकारी कार्यालय दाङका अनुुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय २५, सबैभन्दा कम राजपुुर गाउँपालिकामा १३ वटा सहकारी संस्था छन्।

तुुलसीपुुर उपमहानगरपालिकामा एक सय ७१, लमही नगरपालिकामा ६३, राप्ती गाउँपालिकामा ३६, गढवा गाउँपालिकामा ४६ वटा सहकारी संस्था रहेको सूचना अधिकारी पोैडेलले बताए। यस्तै बबई गाउँपालिकामा १८, शान्तिनगर र दंगीशरण गाउँपालिकामा २५÷२५ र बंगलाचुुली गाउँपालिकामा २५ वटा सहकारी संस्था छन्। दाङ जिल्लामा रहेका सहकारीमा बचत तथा ऋण, कृषि, विद्युुत्, उपभोक्ता, स्वास्थ, बहुुउद्देश्यीय, तरकारी बीउ उत्पादन, पशुुपालन, दुुग्ध, मौरीपालन, सामाजिक उद्यमीलगायत सहकारी रहेको र सबै स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

२२ सहकारी निष्कृय, तीन खारेज

दाङका २२ सहकारी निष्कृय छन्। डिभिजन सहकारी कार्यालय दाङका अनुुसार २२ वटा सहकारी निष्कृय अवस्थामा रहेका हुुन्। स्थापना भई विगत दुई वर्षभन्दा बढी समयसम्म संस्थाको स्वीकृत विनियम, सहकारी ऐन, नियम तथा मापदण्ड बमोजिम संस्थाले गनुुपर्ने काम नगर्ने सहकारी निष्कृयको सूचीमा परेको डिभिजन सहकारी प्रमुुख विनोद पौडेलले जानकारी दिए। सहकारी ऐन २०४८ को दफा ४१ को उपदफा ३ अनुुसार सहकारी संस्थाको निरीक्षण गर्दा लगातार दुुई वर्षसम्म कुुनै कारोबार नगरी निष्कृय रहेको पाइएपछि दाङका तीन सहकारी संस्था खारेज भएका छन्।

निष्कृय रहेका २५ सहकारीमध्ये तीनवटा संस्था खारेज भएका हुुन्। काम गर्ने लक्ष्य, कार्ययोजना, र सहकारीसम्बन्धी ज्ञान नभएकाले सहकारी दर्ता गरे पनि विस्तारै निष्कृय हुुने गरेको पाइएको छ। कार्यालयले दाङका ६ सय ४७ सहकारीमध्ये २२ सहकारी निष्कृय रहेको बताएको छ।

साविक गोल्टाकुुरीको प्रेम स्मृति कृषि औजार सहकारी, साविक घोराहीको गरिब उत्थान सहकारी संस्था, साविक टरिगाउँ–५ को टरिगाउँ महिला कृषि सहकारी संस्था, साविक धर्नाको कलश कृषि सहकारी संस्था र साविक हेकुुलीको मधुुपुुरी कृषि सहकारी संस्था खारेज गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.