बर्दिया अस्पतालमा हेमोडायलासिस सेवा सुरू

बर्दिया अस्पतालमा हेमोडायलासिस सेवा सुरू
बर्दिया अस्पतालमा पहिलो दिन हेमोडायलासिसका सेवाग्राही। तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बर्दियाको गुलरियामा अवस्थित जिल्लाकै जेठो अस्पतालमा मिर्गौला रोगीहरूका लागि हेमोडायलासिस सेवा शुरू भएको छ । मंगलबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले सेवाग्राहीहरूलाई पर्चा वितरण गरी सेवा शुभारम्भ गरेका छन् ।

लामो समयदेखि प्राविधिकलगायत स्वास्थ्यकर्मीको अभावमा बर्दिया अस्पतालमै थन्किएको उपकरणहरूमार्फत सेवा सञ्चालन गरेपछि सेवाग्राहीहरू खुशी भएका छन् । बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले बर्दिया अस्पतालमा निःशुल्क हेमोडायलासिस सेवा सुरू भएको जानकारी दिए ।

उनले भने,' अब मिर्गौला बिरामीलाई डायलासिसको लागि जिल्ला बाहिर जानुपर्दैन ।' लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री पुनले प्रदेश सरकारले मातहतका सबै स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्दै सेवा प्रवाह चुस्त दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

संविधान प्रदत्त आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा नेपाली जनतालाई पुर्‍याउन प्रदेश सरकार कटिबद्ध रहेको उनको भनाइ छ । सरकारको स्वास्थ्य सेवाको लक्ष्यलाई सफलतामा पुर्‍यायन नेपाली जनताले साथ दिनुपर्नेमा मन्त्री मगरको जोड थियो । 

लुम्बिनी प्रदेशका सांसद भुवनेश्वर चौधरीले बर्दिया अस्पतालको समग्र विकासका लागि जिल्लाका संसदहरू लागिपरेको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले बर्दिया अस्पतालको समग्र विकासका लागि मिडियाको अहम भूमिका रहने बताउँदै प्रदेश स्वास्थ्य मन्त्रालयबाट हुने सहयोग जिल्लालाई उपलब्ध गराउन कुनैपनि कसर बाँकी नराख्ने उद्दघोष गरे ।

उनले स्वास्थ्य संस्थाको प्रबर्द्धनका लागि स्थानीय सरकारले भूमिका वृद्धि गर्नुपर्ने बताए ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.