तीब्र गतिका कारण बस दुर्घटना : ११ जना गम्भीर घाइते

तीब्र गतिका कारण बस दुर्घटना : ११ जना गम्भीर घाइते

दाङ : जनकपुरदेखि नेपालगन्ज जादैँ गरेको ना  ५ ख १८२९ न को यात्रुबाहक बस दाङको भालुबाङ लमही सडक खण्डको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा भारत उत्तर प्रदेश लक्खिमपुरकी पाँच वर्षीया नुरवी नाईको ज्यान गएको इलाका प्रहरी कार्यालय लमही जनाएको छ। जनकपुरमा इटाभटामा काम गरेर भारतीय नागरिक नाईका अभिभावक घर फर्किन सोही बसमा आएका थिए। बस सडकदेखि तल सोतामा खसेको छ।

दुर्घटनामा ३२ जना घाइते भएका छन्। बसमा ३३ जना रहेकोमा सबै यात्रु घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन्। १२ जना मध्यम र ९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। घाइते मध्ये २७ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ भने ५ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ। 

बिहान करिब साढे ६ बजे भएको दुर्घटना तीब्र गतिका कारण भएको घाइतेहरुले बताएका छन्। घाइते स्टाफ नर्सकी विद्यार्थी दैलेख नयाँ बजारका आयुष्मा थापाले बस तीव्रगतिमा हुँदा अनियन्त्रित भई दुर्घटना भएको बताइन्। यात्रुहरुले बिस्तारै लैजान आग्रह गरे पनि ड्राइभरले गति कम नगर्दा अनियन्त्रित भएर दुर्घटना भएको उनको भनाई छ। 

दुर्घटना पछि बस चालक सम्पर्क बाहिरबिहिन भएका छन्। बस चालकको अबस्था अज्ञात रहेको र खोजी जारी राखिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण कुमार सिंहले जानकारी दिए। 

लमही अस्पतालको भने अहिले टिटानस बिरुद्दको सुइ नभएको स्वास्थ्यकर्मी बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.