डा. देवकोटा तीन छोरीसहित गोरखाको पण्डितगाउँमा

डा. देवकोटा तीन छोरीसहित गोरखाको पण्डितगाउँमा

गोरखा : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटालाई उनको पुर्खौली घर गोरखाको पालुङटार नगरपालिका ४ पण्डितगाउँ पुर्याइएको छ। न्यूरो अस्पतालबाट हेलिकोप्टरमा सिधै उनलाई उनको पुर्खौली घर पुर्याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट सात मिनेट स्टेचरमा बोकेर उनलाई घर पुर्याइएको हो। देवकोटा गाउँ आउने खबर थाहा पाएपछि सयौँको संख्यामा सर्वसाधारण भेला भएका छन्। 

पित्त थैलीको क्यान्सरका कारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई शनिबार दिउँसो उनको जन्मघर पुगेका हुन्।  बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत अवस्थामै   देवकोटालाई उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा लगिएको हो।

डा. देवकोटालाई जन्मघरमा केही घण्टा राखेपछि दिउँसो हेलिकोप्टरबाट अस्पतालमा फर्काइने छ। शुक्रबार राति देवकाटाका बारेमा अपवाह फैलिएपछि अस्पताल तथा देवकाटाका परिवारमा तनाव भएको थियो। अस्पताल प्रशासनले शनिबार बिहान प्रेस विज्ञप्ति निकालेको थियो। देवकोटा उपचाररत रहेको पुष्टि गर्न अस्पताल परिसरमा समेत निकालेको थियो। 

पढ्नुहाेस् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.