जन्मघरको पिँढीमा डा. उपेन्द्र देवकोटा (फोटो र भिडियो)

जन्मघरको पिँढीमा डा. उपेन्द्र देवकोटा (फोटो र भिडियो)

गोरखा : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा शनिबार पुर्खौली घर गोरखाको पालुङटार नगरपालिका ४ पण्डितगाउँ पुगेका छन्। न्यूरो अस्पतालमा उपचार गराइरहेका देवकोटा अस्पतालबाटै हेलिकोप्टरमा पुर्खौली घर पुगेका हुन्।

हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट सात मिनेट स्टेचरमा बोकेर उनलाई घर पुर्याइएको थियो। देवकोटा गाउँ आउने खबर थाहा पाएपछि सयौँको संख्यामा सर्वसाधारण भेला भएका थिए।

पित्त थैलीको क्यान्सरका कारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. देवकोटालाई शनिबार दिउँसो उनको जन्मघर ल्याइएको हो।  

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत अवस्थामै   देवकोटालाई उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा ल्याइएको हो। घरको पिँढीमा उनलाई केही समय राखिएको थियो। उनले घरमा पुगेर सिस्नेधाराको पानी खाने इच्छा गरेपछि उनलाई गोरखा ल्याइएको हो।

डा. देवकोटालाई जन्मघरमा दुई घण्टा राखेपछि दिउँसो हेलिकोप्टरबाट काठमाडौं फर्काइएको  छ। शुक्रबार राति देवकाटाका बारेमा अपवाह फैलिएपछि अस्पताल तथा देवकाटाका परिवारमा तनाव भएको थियो। 

अस्पताल प्रशासनले शनिबार बिहान प्रेस विज्ञप्ति निकालेको थियो। देवकोटा उपचाररत रहेको पुष्टि गर्न अस्पताल परिसरमा समेत निकालेको थियो।  डा. देवकोटा पाँच महिनासम्म बेलायतमा उपचार गरेर स्वदेश फर्किएका हुन्। बेलायतबाट स्वदेश फर्किएपछि देवकोटालाई सिधै न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। 

पढ्नुहाेस् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.