सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिकमा पढाउनुपर्ने

सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिकमा पढाउनुपर्ने

 बेसीशहर : राज्यबाट सेवा सुविधा लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने घोषणासहित लमजुङको दोर्दी गाउँपालिकाले ४२ बुँदे ‘दोर्दी शैक्षिक घोषणा’ पारित गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र शैक्षिक गुणस्तर कायम गराउन विश्वसनीय र आकर्षक गतिविधिसहित सेवा क्षेत्रका बालबालिकालाई विद्यालयमा अनिवार्य भर्ना गराउने नीति गाउँपालिकाले बनाएको छ ।

स्थानीय तह गठन भएको १ वर्षपछि गाउँपालिकाले शैक्षिक घोषणापत्र तयार पारेको हो । गाउँ कार्यपालिकाका जनप्रतिनिधि, कार्यापालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शैक्षिक सरोकारवालाको संयुक्त बैठक र यसअघि स्रोत केन्द्रस्तरमा गरिएका सुझाव संकलन कार्यशालाबाट प्राप्त सुझावका आधारमा दोर्दी गाउ“पालिका शैक्षिक घोषणा जारी गरिएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङका प्रमुख नारायण रेग्मीले बताए । शैक्षिक तथा भौतिक सेवा सुविधा सम्पन्न तरिकाले उक्त घोषणालाई कार्यान्वयन गरिने उनको भनाइ छ ।

गाउ“पालिकाले शिक्षक विद्यार्थीको अन्तक्र्रिया तथा गाउँटोलसम्म शिक्षा समूह गठन गर्ने, विद्यालय, स्रोतकेन्द्र र गाउँपालिकामा विषयगत समिति गठन गर्ने, निरन्तर विद्यार्थी मूल्यांकन फारम प्रभावकारी बनाउने, शिक्षक, विद्यार्थी र अभिभावकको आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने, गाउँ शिक्षा योजना निर्माण गर्ने, शैक्षिक प्रोफाइल तयार गर्ने, शैक्षिक उपलब्धिका आधारमा शिक्षकलाई पुरस्कारको व्यवस्था गर्ने नीति अघि सारेको छ ।

सबै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने, गाउ“पालिकामा प्राविधिक शिक्षा र सिपका लागि विद्यार्थी सहायता उपलब्ध गराउने र एक प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा पत्रमा उल्लेख छ । गाउ“पालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार विद्यालयबाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका र विपन्न अभिभावकका बालबालिकाको अध्ययनलाई निश्चित तहसम्म पूर्णता दिन अभिभावकको खोजी गरी सहयोगको करार सम्झौतासहित अभिभावक बनाउने गरी घोषणापत्र तयार पारिएको छ ।

विद्यार्थीको ‘पोर्टफोलियो’ घरसम्म पु¥याउन र घरका क्रियाकलापलाई विद्यालयसम्म ल्याउन ‘हेल्लो प्यारेन्ट’ कार्यक्रम सञ्चालन गरिन भएको छ । विद्यार्थीको गतिविधि स्कुलले अभिभावकलाई र अभिभावकले स्कुललाई प्रदान गर्न मोबाइलको प्रयोगबाट ‘हेल्लो प्यारेन्ट’ कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो । विद्यार्थीमा पठन संस्कृति विकास गर्न पुस्तकालय प्रयोगलाई पनि प्रभावकारी बनाइने र पुस्तकालयमा मिनी म्युजियम स्थापना गरिने बताइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार शैक्षिक सामग्रीको पर्याप्तता, बुक कर्नरको व्यवस्था गरी विद्यार्थीलाई सुविधाजनक बसाइ व्यवस्था गर्ने, कक्षाकोठा र शौचालयको उचित व्यवस्था, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग बढाइ खोज विधि र परियोजना कार्यको अभिवृद्धि गर्ने, अतिरिक्त क्रियाकलाप र प्रतिभाको खोजी कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।

सबै विद्यालयमा आवश्यकता अनुसार विज्ञान सामग्री र प्रयोगशाला स्थापना गर्ने, विद्यालय सुधार योजनालाई प्रभावकारी बनाउने, वडागत वा निश्चित क्लस्टरभित्र विभिन्न क्रियाकलापको समन्वय गर्न लिडर विद्यालय निर्माण गर्ने, विद्यालयमा बालक्लब, विज्ञान क्लब, शान्ति समिति, साहित्य समिति एवं अतिरिक्त क्रियाकलाप समिति निर्माण गर्ने घोषणापत्रमा रहेको उपाध्यक्ष घलेले बताए ।

दोर्दी गाउ“पालिकाभित्र ५२ सामुदायिक र संस्थागत २ गरी ५४ विद्यालय छन् । यीमध्ये सामुदायिकतर्फ ८ मावि, ८ आधारभूत र ३६ प्रावि छन् । संस्थागत २ प्रावि हुन् । सामुदायिक विद्यालयमा विद्यार्थी र कक्षा संख्या अनुसार शिक्षक दरबन्दी व्यवस्था गर्ने, सबै विद्यालयमा विद्यालय विपद् व्यवस्थापन योजना निर्माण गर्ने योजना बनाइएको छ ।

हाल दोर्दी गाउ“पालिकाभित्र एसईई परीक्षा केन्द्र नरहेको र परीक्षा केन्द्र कायम गर्ने घोषणापत्रमा उल्लेख छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रेग्मीका अनुसार अभिभावक, प्रधानाध्यापक, शिक्षक, शैक्षिक व्यक्तित्वसँग ३७ प्रश्नावलीमा छलफल गरी सुझाव संकलन गरिएको थियो । उक्त सुझावलाई गाउ“पालिकास्तरीय कार्याशालामा राखेर पुनः सुझाव संकलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.