एक भारतीयसहित चार जनालाई लागुऔषध मुद्दा

एक भारतीयसहित चार जनालाई लागुऔषध मुद्दा

नवलपरासी : पश्चिम नवलपरासीमा लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ।

गत जेठ २४ गते अवैध लागुऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागु औषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुमा जिल्ला म्याग्दी मल्कवाङ घर भएका २२ वर्षीय कुमार छन्त्याल र जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका–१९ बस्ने २२ वर्षीय अशोक परियार, जिल्ला नवलपरासी रामग्राम नपा–९ कमैनी बस्ने २५ वर्षीय दुर्योधन कुशवाहा र भारत उत्तरप्रदेश जिल्ला महाराजगञ्ज थाना निपोनिया बस्ने ३५ वर्षीय रमेश चन्द रहेका छन्।

प्रहरीले सन्त्याल र परियारलाई लागुऔषधसहित रामग्राम नपा–३ रामखण्ड पुल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो भने कुशवाहा रामग्राम नपा–३ बाट र चन्द्रलाई पाल्हिनन्दन गाउँपालिका–५ चमन टोला क्षेत्रबाट रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सन्त्याल र परियारको साथबाट डाइजापाम २५ एम्पुल, फेनराजन २५ एम्पुल, नुर्फिन २५ एम्पुल र नाइट्राभेट १० लेखिएको पाँच पातामा प्रतिपत्ता ३० ट्याब्लेटको दरले १५० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने कुशवाहा र चन्दका साथबाट नुर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनरागन ५० एम्पुल लागुऔषधसमेत बरामद गरेको थियो।

गोप्य सूचनाका आधारमा पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता० पश्चिमले जनाएको छ।


यसैगरी, प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पूर्वी नवलपरासीबाट शनिबार पक्राउ गरेको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० विनयित्रिवेणी गाउँपालिका–७ ब्यारेज पुल क्षेत्रबाट प्रहरीले रुपन्देही तिलोत्तमा नपा–१ बस्ने २२ वर्षीय मनिष थापालाई पक्राउ गरेको हो।

प्रहरीले थापाका साथबाट नोट्रोजेपाम ट्याब्लेट ३० र स्पास्मो प्रोक्सभोनप्लस क्याप्सुल ७२ वटा गरी कूल १०२ वटा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आइरहेका अवस्थामा थापालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट सो लागुऔषध बरामद भएपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तांं) पूर्वले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.