तीन एक्जाभेटरसहित २० ट्रिपर नियन्त्रणमा

तीन एक्जाभेटरसहित २० ट्रिपर नियन्त्रणमा

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका-७ का स्थानीयले राप्ती नदीबाट अवैध रुपमा ढुंगागिट्टी र बालुवा उत्खनन् गर्दै गर्दा तीन एक्जाभेटरसहित २० ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयको व्यापक गुनासो आएपछि दिउँसोदेखि प्रहरीले नदीमै पसेर उत्खननमा रोक लगाइएको थियो। गणपति कन्ट्रक्सन र आशिषकुमार श्रेष्ठ जेभीले रातिको समयमा एक्जाभेटर प्रयोग गरी उत्खनन् गर्न थालेपछि शनिबार राती १२ बजेतिर राप्ती सोनारी-७ का वडा अध्यक्ष राम लखन थारु नेतृत्वमा स्थानीयले प्रहरी गुहारेका थिए। 

प्रहरीले गणपतिका दुई एक्जाभेटरका साथै ११ ट्रिपर र आशिषकुमार श्रेष्ठ जेभीको एक एक्जाभेटर र ९ ट्रिपरको साँचो नियन्त्रणमा लिएको थियो। गणपतिले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजना र आशिषकुमार श्रेष्ठ जेभीले नेपालगन्ज उपमहानगरपालिकाभित्र ३० किलोमिटर सडक र ४० किलोमिटर नाला निर्माणको काम गरिरहेका छन्। 

स्थानीय र कन्ट्रक्सन व्यवसायीबीच रातको समयमा ढुंगा, बालुवा र गिट्टी ढुवानी नगर्ने सहमति भएपछि आइतबार बिहान १० बजेतिर अस्थायी प्रहरी चौकी खल्लाटपरीका प्रहरी सहायक निरीक्षक मोहन केसीले एक्जाभेटर र ट्रिपरको साँचो फिर्ता गरेको बताए। 

दुबै कन्ट्रक्सनले जिल्ला समन्वय समिति बाँकेबाट ढुंगा, गिट्टी र बालुवा उत्खननका लागि अनुमति लिएका छन् तर नदीभित्रै एक्जाभेटर प्रयोग गरी उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.