दुई छोरासहित अपहरणमा परेकी महिलाको भारतमा उद्धार

दुई छोरासहित अपहरणमा परेकी महिलाको भारतमा उद्धार

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित पथरी बजारबाट दुई सन्तानसहित अपहरण गरेर भारत पुर्‍याएकी महिलाको एक महिनापछि सकुशल उद्धार गरिएको छ। भारतीय प्रहरीको सहयोगमा इटहरीमा रहेर महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको रिलिफ नेपाल फाउण्डेसन नामक संस्थाले उद्धार गरेर महिलालाई सकुशल नेपाल ल्याएको हो। 

राम्रो कमाई हुने काममा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई दुई पुरुषको मिलेमतोमा अपहरण गरेर भारत पुर्‍याइएको नेपाल प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार काममा लगाइदिने भन्दै भारत पुर्‍याएपछि मात्रै महिलाले आफू अपहरणमा परेको थाहा पाएकी थिइन।

अन्यत्रबाट लग्दा तत्काल सूचना चुहिने भएका कारण सुनसरीको भन्टाबारी नाका हुँदै उनलाई भारततर्फ लगिएको प्रहरीले जनाएको छ।ती महिलासहित उनका सात र पाँच वर्षका दुई छोरालाई पनि अपहरण गरिएको जानकारी श्रेष्ठले दिए।

उनका अनुसार मोरङको सुनवर्षी नगरपालिका माइती भएकी महिलालाई पथरी स्थित घर नजिकैबाट जवरजस्ती गाडीमा राखेर भारततर्फ लगिएको हो। घटना अनुसन्धानका क्रममा ती महिलाले आफूलाई राम्रो कमाई हुने काममा लगाइदिने भन्दै अपहरण गरेर भारत पुर्‍याएर बन्धक बनाउँदै जवरजस्ती बलत्कार गरेको बयान समेत दिएकी छन्।

वैशाख २७ गते दुई छोरासहित उनलाई अपहरण गरिएको प्रहरीले जनाएको छ। उनलाई भारतको हिमान्चल राज्यबाट उद्धार गरिएको हो। दुई सन्तान सहित महिलालाई भारतीय प्रहरीको सहयोगमा भारतको हिमान्चल स्थित सोलान जिल्ला अन्तर्गत बढ्डी भन्ने स्थानबाट सकुशल उद्धार गर्न सकिएको फउण्डेशनकी अध्यक्ष रविना खातुनले बताइन।'हामीलाई दुई नावालकसहित महिलालाई अपहरण गरिएको खबर प्राप्त भयो,' उनले भनिन्, 'भारत पुर्‍याइएको छ भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा भारतीय प्रहरीको सहयोगमा उद्धार गर्न सकियो।' उनका अनुसार घटनामा संलग्नले ती महिलालाई एउटा कोठामा बन्धक बनाएर बलत्कार गर्ने र नावालकमाथि समेत कुटपिट गर्ने गरेको पाइयो।

खातुनले महिलालाई उद्धार गर्दै अपहरणमा संलग्नलाई पक्राउ गर्न भारतीय प्रहरीले ठूलो सहयोग पुर्‍याएको बताइन।पति एवं परिवारका सदस्यसँग राम्रो सम्बन्ध नभएपछि ती महिला छ महिनादेखि माइतीमै बस्दै आएको खुलेको छ।

 प्रनि श्रेष्ठका अनुसार अपहरणपछि विभिन्न धाक धम्की देखाएर जवरजस्ती करणी गर्ने गरेको पाइएको छ। 'इन्कार गर्दा मारिदिने सम्मको धम्की दिएर जवरजस्ती बलात्कार गरेको पाइयो,' उनले भने, 'कोठामा बन्धक बनाएर राम्ररी खान नदिने र विभिन्न गालीगलौज गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।' महिलाको नाजुक अवस्थाको फाइदा उठाउँदै प्रलोभनमा पारेर रोजगारी दिने नाममा अपहरण गर्दै भारत पुर्‍याउने गिरोहका दुईजनालाई पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए। उनका अनुसार भन्टाबारीबाट भारतको दिल्ली, हरियाण हुँदै महिलालाई अपहरण गरेको एक सातापछि हिमान्चल पुर्‍याएको पाइएको छ। 

उद्धार गरिएकी महिलालाई माइती नेपालको संरक्षणमा राखिएको छ। प्रहरीका अनुसार मानसिक र शारीरिक रुपमा कमजोर बनेको पाइएपछि माइती नेपालकै संरक्षणमा ती महिलाको उपचार भइरहेको छ। आफन्त श्याम शिवाकोटीका अनुसार महिलालाई दयनिय अवस्थामा उद्धार गरेर नेपाल ल्याइ पुर्‍याइएपछि आवश्यक परामर्श र उपचारका लागि माइती नेपालको संरक्षणमा राखिएको हो। 

महिलालाई अपहरण गरेर भारततर्फ लैजाने सुनवर्षी नगरपालिका ४ का ३० वर्षीय शिव यादव र भारतमा बसेर शिवलाई सहयोग गर्ने २२ वर्षीय अरविन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु विरुद्ध अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

उनका अनुसार शिव नेपालबाट अपहरण गर्ने र अरविन्द अपहरणका लागि भारतबाट पैसा पठाउने लगायतका सहयोग गर्ने धन्दामा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ। दुबैजनालाई भारतीय प्रहरीले पक्राउ गरेर रिलिफ नेपालको जिम्मा लगाएर नेपाल पठाएपछि प्रहरीले कारवाहीका लागि अनुसन्धान अघि बढाएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.