अपहरणमा परेका बालकको तीन घण्टामै उद्धार

 अपहरणमा परेका बालकको तीन घण्टामै उद्धार

लहान : अपहरणमा परेका एक बालकलाई शनिबार तीन घण्टाभित्रै प्रहरीले सकुशल उद्धार गरी एक अपहरणकारीलाई समेत पक्राउ गर्न सफल भएको छ। शनिबार दिउँसो करिब ४ बजे धनगढी नगरपालिका- ११ का सन्तोष राय कुर्मीका १३ वर्षीय छोरा आशिष राय कर्मीलाई दुईवटा मोटरसाइकलमा आएका अपरिचित व्यक्‍तिले अपहरण गरेका थिए।

सिरहाको छपरारी चौकबाट बालक आशिषको अपहरण गरेको थियो।अपहरण गरेर जनकपुर लगेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डीएसपी नरेशराज सुवेदीले धनगढी प्रहरीका इन्चार्ज मो. नजरुलको नेतृत्वमा तत्कालै टोली जनकपुर पठायो। उनको टोलीले जनकपुर प्रहरीसँग सहकारी गरी जनकपुरस्थित एयरपोर्ट नजिकैबाट अपहरित बालक आशिषलाई सकुशल अपहरण मुक्त गराएका छन्।

बालकलाई अपहरण मुक्त गराएर जनकपुर उपमहानगरपालिका २४ का मनोज महतो लुनियालाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी सुवेदीले जानकारी दिए। उनले भने, ‘अपहरणमा संलग्न अन्य केही व्यक्ति फरार छन्।उनको खोजी जारी राखेका छौं।'

बालकको अपहरण किन गरेको विषयमा खुल्न सकेको छैन्। एक अपहरणकारी पक्राउ परेका कारण अन्यको पनि पहिचान हुने र ति व्यक्तिलाई पनि पक्राउ गर्न टोली परिचालन गरिसकेको उनले बताए। उनले भने, ‘क्विक एक्सन नलिएको भए अपहरण मुक्त गराउन गाहे हुन्थ्यो। तर तत्कालै प्रहरी परिचालन गरेर बालकलाई अपहरण मुक्त गराउनुका साथै अपहरणकारीलाई पक्राउ गर्न सफल भएका छौं।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.