कच्ची सडकमा जोखिमपूर्ण यात्रा

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

बैतडी : वर्षा सुरु भएसँगै बैतडीका कच्ची सडकमा जोखिमपूर्ण यात्रा सुरु भएको छ। ग्रामीण क्षेत्रका कच्ची सडकमा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। 

ग्रामीण सडक सुधारमा कसैले ध्यान नदिएको हुनाले वर्षातको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सिगास गाउँपालिका २ गाँजरीका जसवीर बोहराले बताए। 

‘दुदिलाखानबाट गाँजरीसम्मको कच्ची सडक छ। सडकमा ठूला ठूला खाल्डाखुल्डी भएका छन्। कतिखेर जीप पल्टिन्छ भन्ने डर लाग्छ,’ जसवीरले भने। दुदिलाखान-गाँजरी मात्रै होइन वर्षात सुरु भएसँगै जिल्लाका एक दर्जन बढी कच्ची सडकहरुको अवस्था त्यस्तै छ। 

सडकभरी हिलो र खाल्डाखुल्डी हुँदा सवारी साधन चलाउन पनि समस्या भएको चालक बताउँछन्।  निकै सकसपूर्ण हुने गरेको चालक किशोर मडैले बताए।  ‘कच्ची सडक छ। यात्रु पनि सकेसम्म गाडिमै चढेर जान खोज्छन्। हामीले पनि व्यवसाय चलाउनै पर्‍यो’, चालक किशोर मडै भन्छन्, ‘ पानी पर्न थालेपछि कच्ची सडकको बेहाल छ।’

जिल्लाको पाटन-पञ्चेश्वर, दुदिलाखान-गाँजरी, श्रीभावर-हाट, सिल्लेगडा-कटौजपानी, देहीमाण्डौं-गिरेगडा सडकमा गाडी चलाउन निकै असहज भएको छ। यस्तै सिल्लेगडा-कटौजपानी,सतबाँझ-सुर्नया, अनारखोली-कैलपाल, सदरमुकाम-सेरा सडकमा पनि वर्षातको समयमा सवारी साधन चलाउन जोखिम छ। 

‘गाउँमा सडक पुगेपछि हिडेर जान कसैलाई पनि मन लाग्दैन्। जीपमा बरु जोखिम मोलेर यात्रा गर्न सबै तयार हुन्छन्’ सुर्नया ५ का सुरेश विष्टले भने, ‘कच्ची सडकमा ग्राबेलको व्यवस्था गरेर सुचारु गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्छ।’

कच्ची सडकमा गाडी चलाउन जोखिमपूर्ण भएको भन्दै व्यवसायीले बढी भाडा असुल्ने गरेका छन्। ‘जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, सडकको स्थिति नाजुक छ। नियमन गर्ने निकाय मौन छन्’, सिगास गाउँपालिका २ गाँजरीकी धाना धामीले भनिन्, ‘सिगास गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने मुख्य सडक दुदिलाखान गाँजरी सडक हो। यसको स्तरोन्नतीमा कसैको ध्यान गएको छैन्।’

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.