रासायनिक मल अभाव

रासायनिक मल अभाव

तुलसीपुर : बर्खेबाली लगाउने बेला दाङमा रासायनिक मल अभाव भएको छ । किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री केन्द्रले समेत मल ल्याउन सकेको छैन ।

धान र मकैमा मल हाल्ने बेला हँुदासमेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा व्यवसायीबाट मल खरिद गर्नुपरेको बताएका छन् । ‘धानमा मल राख्ने बेला भयो, डीएपी बजारमा पाइँदैन, तुलसीपुर ११ उरहीका किसान केदार आचार्यले भने, ‘मल आवश्यक हुँदा पाइँदैन, धान पसाएपछि बल्ल मल आउँछ ।’ उनले गाउँमा सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न नसकेको बताए ।

किसान मल पाइने आसमा दैनिकजसो कृषि सामग्री केन्द्र धाउने गर्छन् । मानपुरका किसान शिवानन्द डीसीले किसानलाई अनुदानको डीएपी मल पाउनै गाह्रो भएको बताए । ‘धान रोप्ने बेला कहिल्यै मल पाइँदैन, मल नपाएपछि उत्पादन घट्दै गएको छ,’ उनले भने ।

कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थराज न्यौपानेले जिल्लामा डीएपी रासायनिक मलको चरम अभाव रहेको बताए । ‘हामीसँग डीएपी मल छैन, उनले भने, ‘गोदामा भएको मल किसानलाई बाँडेका छौं ।’

जिल्लामा ४ हजार मेट्रिकटन डीएपी मल आवश्यक छ । किसानले १५ सय मेट्रिक टन मात्रै पाएका छन् ।

केन्द्रबाटै डीएपी मलको आवश्यकताअनुसार उपलब्ध गराउन नसक्दा र मलको जिम्मा लिएको अर्काे निकाय साल्ट ट्रेडिङले पनि जिम्मेवारीपूर्वक काम नगर्दा अभाव खट्किएको उनले बताए । ‘किसानलाई अनुदानको मल वितरण गर्न बसेका छौं तर मल आवश्यक पर्ने समयमा किसानलाई मलै दिन नसक्ने अवस्था आयो,’ उनले भने ।

कृषि सामग्री केन्द्रले ७० प्रतिशत र टे«डिङले ३० प्रतिशत मल दाङमा आपूर्ति गर्दै आएका छन् ।

न्यौपानेले विगत वर्षभन्दा यस वर्ष रासायनिक मलको माग बढी भएको बताए । जिल्लामा डीएपी र युरिया ४ हजार मेट्रिक टन र पोटास सय मेट्रिक टन मल बर्सेनि खपत भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.