अन्‍नपूर्ण कर्पोरेट ब्याडमिन्टन : भैरहवामा छनोट सुरु

अन्‍नपूर्ण कर्पोरेट ब्याडमिन्टन : भैरहवामा छनोट सुरु

भैरहवा : अन्‍नपूर्ण मिडिया नेटवर्कको आयोजनामा पाँच नम्बर प्रदेशको भैरहवामा अन्‍नपूर्ण पोस्ट अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको छनोट सुरु भएको छ। प्रतियोगिताको  प्रदेश पाँचका समाजिक विकास मन्त्री सुर्दशन बरालले उद्धघाटन गरे। सो अवसरमा बोल्दै उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गरी खेलाडी उत्पादनमा अन्नपूर्ण पोस्ट्ले महत्वपूर्ण काम गरेको भन्दै सराहना गरे।

उनले प्रदेशमा ब्याडमिन्टन अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा प्रदेश सरकारले अगामी बजेटमा सम्बोधन गर्ने बताए। खेल, खेलाडी र मैदानको विकास पहिलो प्रथामिकतामा परेको उनको भनाई छ।

प्रदेश पाँचमा अन्तरार्ष्ट्रिय रंगशाला बनाउन सरकारले अगामी वर्षदेखि काम सुरु गर्ने उनले बताए।त्यस्तै पाँच नम्बर प्रदेश सभा सदस्य सन्तोष पाण्डेयले समृद्धि प्रदेशका लागि खेल क्षेत्रको विकास पनि अनिवार्य रहेको बताए। 

उनले भैरहवा क्षेत्रको खेलको विकास लागि आफूले प्रदेशमा पहल गर्ने बताउँदै अन्‍नपूर्ण पोस्टले भैरहवामा प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे।कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी राजेन्द्र ढकाल, रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य जीवन सिंह कँवर, भैरहवा ब्याडमिन्टन क्लबका अध्यक्ष ध्रुव श्रेष्ठ, बुटवल ब्याडमिन्टन क्लबका रमेश थापा लगायतले बोल्दै अन्‍नपूर्ण पोस्ट्ले प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगताको आयोजना गरेर सबै क्षेत्रलाई एकसाथ विकासको मार्गमा लग्ने कार्यको प्रशंसा गरे।

प्रतियोगिता भैरहवा ब्याडमिन्टन कवर्डहलमा जेठ ३० गते सम्म जारी रहनेछ।प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, मिक्स युगल, १९ वर्षमुनिका जुनियर महिला एकल र जुनियर पुरुष एकल गरी ६ वटा विधामा प्रतिस्पर्धा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.