नवलपरासीको एक सहकारीले ठग्यो बचतकर्ताको ५८ लाख

नवलपरासीको एक सहकारीले ठग्यो बचतकर्ताको ५८ लाख

परासी: नवलपरासीको एक सहकारी संस्थाले बचतकर्ताको ५८ लाख बढी रकम ठगी गरेको छ । ठगी अभियोगमा दुईजनामाथि मुद्दा चलाइएको छ । एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका–९ स्थित पञ्चनगर आयआर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रकम हिनामिना गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा संस्थाका अध्यक्ष तीर्थराज चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिए । अर्का एकजना फरार रहेका छन् । सुरुमा ११ जना बचतकर्ताले रकम ठगी गरेको उजुरी दिएका थिए । 

त्यसपछि बचत रकम फिर्ताका लागि पहल गरिएको थियो तर,संस्थाले रकम खर्चको स्पष्ट हिसाब दिन नसकेको  र बचकर्ताको रकम फिर्ता दिन नसकेपछि प्रहरीले दुई जनामाथि ‘सहकारी ठगी’मा मुद्दा चलाएको हो । 

अहिलेसम्म ४० जना बचतकर्ताहरूको उजुरी आएको र उनीहरूको झन्डै १२ लाख रकम फिर्ता गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । ४०९ जना शेयर सदस्य रहेको संस्थाले ५८ लाख बढी रकम हिनामिना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यसैबीच,रकम ठगीका पीडित बचतकर्ताहरूलाई सम्पर्कमा आउन इलाका प्रहरी कार्यालय बर्दघाटले सूचना जारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.