लागूऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ

परासी : सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट हरपुर नवलपरासीले सोमबार लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका-४ कोलडाँडा बस्ने २१ वर्षीय सञ्‍जय थापा मगर रहेका छन्।

मगरको साथबाट ६८ थान डाइजोपाम सिरिन्ज र ३४ थान नुफिन सिरिन्ज बरामद गरिएको बोर्डर आउट पोस्टका शसस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले जानकारी दिए।भारतको ठूठीबारीबाट ल्याएको लागूऔषध मगरले तिघ्रामा टेपले बेरेर लुकाएको अवस्थामा  फेला पारेको निरीक्षक ढकालले जानकारी बताए।

उनलाई कारबाहीका लागि पश्चिम जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।त्यसरी ल्याइएको लागूऔषध मगरले तनहुँ र पोखराका युवालाई बिक्री गर्ने गरेको बताइएको छ। प्रहरीले सीमा नाकामा कडाई गर्न थालेपछि दुव्र्यसनी र कारोबारीले विभिन्न शैली अपनाएर लागूऔषध भित्र्याउने गरेका छन्।  

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.