४६ जनाले टेके कञ्चनजंघाको चुचुरो

४६ जनाले टेके कञ्चनजंघाको चुचुरो

 ताप्लेजुङ : चार वर्ष आरोहण हुन नसकेको कञ्चनजंघा हिमालको चुचुरोमा यो सिजन ४६ जनाले पाइला टेकेका छन्। २० विदेशी र २६ नेपालीले विश्वको तेस्रो अग्लो चुचुरो ८ हजार ५ सय ८६ मिटरमा पाइला राखेका हुन्। २४ विदेशी चौथो क्याम्पभन्दा माथि पुगेर फर्किएको जनाइएको छ । आरोहण गर्नेमा सबैभन्दा बढी भारतीय छन्।

पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाका अनुसार यो वर्ष कञ्चनजंघाबाट ८२ लाख २६ हजार रोयल्टी संकलन भएको छ। पाँच कम्पनीले कञ्चनजंघा आरोहण गराएको उनले बताए। उनका अनुसार एसियन ट्रेकिङ, एक्सपिडिसन बेस, सेभेन समिट, एसियन ट्रेकिङ २ र एड्भेन्चर जियो ट्रेकले आरोहण गराएका हुन्।

सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पा जेठ २ गते कञ्चनजंघा चुचुरोमा पुगेर यो सिजनको पहिलो आरोही बनेका थिए। सोही दिन एक्सपिडिसन बेसका निर्देशक लाक्पा शेर्पा, अस्ट्रेलियाका क्रिस्चियन प्याट्रिसियन बुक, सेभेन समिट ग्रुपबाट रसियाका सेर्गे र जर्मनीका हेभर्ट पनि शिखरमा पुगेका थिए।

सबैभन्दा बढी एसियन ट्रेकबाट नेपालीसहित ३६ जनाले आरोहण गरेका छन्। कम्पनीका निर्देशक दावास्टेफेन शेर्पाले पनि आरोहण गरेको प्रबन्धक सञ्जय बरालले बताए। बरालका अनुसार एसियनबाट भारतका पंकज जोशी, मोन्टिराज खोवा, पल्डेस कलाम, निर्मल कुमार र गौरभ काडिनले जेठ ६ गते आरोहण गरेका थिए । भारतकै योगेन्द्र गार्बियल, राहुल जर्नगल, सुरेन्द्र प्रसाद, सेरल, आकाश वाभरिया, अर्जुन भाजपाइ, हसेद कमला क्यारियो, ग्रिसका एन्डोनिस साइक्रिम, फोटिम थियोरिम र इटालीका अलेस एन्ड्रोइड इमिलियाले जेठ २१ गते आरोहण गरेका थिए।

 उनीहरूलाई लिएर गएका आङसिरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, सोनाम तेसरिङ, पासाङ, एङतेन्दी, पेम्बानुरु, लाक्पा, पासाङ, पेम्बातेसरिङ र पेम्बा छिरिङ शेर्पाले पनि आरोहण गरे। दाजाङवु, लाक्पा, पासाङ छिरिङ, लाक्पा तेन्जी, नुपु, पासाङ, लाक्पा, आङदाजु, दावा लामा, निमादावा र गलुक शेर्पाले पनि आरोहण गरेको बरालले बताए । एड्भेन्चर जियो ट्रेक्सबाट चिलीका नागरिक रुडिगो पनि चुचुरोमा पुगेको प्रबन्ध निर्देशक नीरकुमार राईले सुनाए।

विभागका अनुसार अधिकांश आरोही जेठ ६ गते आइतबार बिहान ८:१५ देखि ९:३० बजेसम्म र ७ गते सोमबार बिहान ३:४५ बजेभित्र शिखरमा पुगेका थिए। हावा नचल्ने र हिमपहिरो नझर्ने भएकाले यो समय रोजिएको आरोही पेम्बा ग्याल्जेन शेर्पाले बताए।

यस वर्षको आरोहण बिनाक्षति ठूलो उपलब्धि भएको शेर्पाको भनाइ छ। अघिल्लो वर्ष प्रयास गरेकी माया शेर्पाले यसपटक पनि आरोहण गर्न सकिनन्। विश्वका तीनवटै अग्ला हिमाल चढेर कीर्तिमान बनाउने लक्ष्यमा कञ्चनजंघा हिमाल बाधक बनेको उनले सुनाइन्।

कञ्चनजंघामा सन् २०१४ यता आरोहण हुन सकेको थिएन। २०१२ र १३ मा आरोहण गरेर फर्कने क्रममा आठ जनाको मृत्यु भएपछि दुई वर्ष कसैले आँट गरेनन्। सन् २०१६ मा गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको थियो। कञ्चनजंघामा अरू हिमालमा जस्तो पूर्वाधार विकास नहुँदा र काठमाडौंबाट टाढा भएकाले कम आरोही जाने गरेको विभागका तिलकराम पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.