बालमन्दिरमा भोज भतेर

बालमन्दिरमा भोज भतेर

बुटवल : वालवालिकालाई पठन पाठन गराउने उद्देश्यले खोलिएका रुपन्देहीका दुई वालमन्दिर वालवालिका बिहिनजस्तै छन्। वालमन्दिर सञ्चालकले वालवालिकाको पठन पाठनमाभन्दा बिहे भोज तथा मेलाका लागि भाडामा लगाउन थालेपछि वालमन्दिरको अस्तित्व मेटिदै गएको हो। वालमन्दिर सञ्चालक समितिले नियमविपरीत वालमन्दिर परिसरमा मदिराजन्य भोज तथा पदर्शनीका लागि भाडामा लगाउँदै आएको छ। वालवालिका भर्ना गर्नमा भने कुनै चासो नदिएको जनगुनासो छ।

विवाह भोजलगायत विभिन्न कार्यक्रमका लागि दिएवापत बुटवलस्थित बालमन्दिरले १५ देखी २५ हजार रुपैयाँसम्म उठाउने गरेको छ। बैशाखपछि भने विवाह तथा अन्य कार्यक्रमको लागि दिन छाडिएको छ। ‘छिमेकमा होहल्ला भयो भन्ने गुनासो आयोे। उपमहानगरपालिकाले नै भनेपछि अहिले भाडामा दिएका छैनौं’, बालमन्दिरकी कार्यालय प्रमुख दीपा बुढामगरले भनिन्।

बालमन्दिरमा साना कक्षाका केही बालबालीकाले अध्ययन गर्छन्। यहाँ सिसु र १ कक्षा सञ्चालन गरिँदै आएको छ। तर विद्यार्थी संख्या निकै कम छ। ‘यो वर्ष २८ जना भर्ना भएकोमा २०-२२ जना नियमित आउँछन्’, शिक्षीका सुवर्णा थापाले भनिन्, ‘पहिले त अझै कम हुन्थे। अहिले नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेकाले विद्यार्थी संख्या बढेको हो।’ विद्यालयमा २ जना शिक्षीका छन्। बालबालिकालाई पढाउने कक्षा कोठा साँघुरो छ। विवाहलगायत समारोह हुँदा बालबालीकाको पढाइमा असर पर्ने गथ्र्यो। ‘हामी ढोका थुनेर पढाउँथ्यौं’, शिक्षीका थापाले भनिन्।

भैरहवामा जिल्ला प्रसासन कार्यालय नजिकै रहेको बालमन्दिर जिर्ण बनेको छ। ४५ जना भर्ना भएको भैरहवा बालमन्दिरले जनाएको छ। बुटवलको जस्तो विवाहलगायत भोज भजेरका काममा भने उपयोग गरिएको छैन।

२०२१ सालमा बालमन्दिरको स्थापना भएको हो। तत्कालीन राजा महेन्द्रले सबै जिल्लामा जग्गा उपलब्ध गराई बालमन्दिर स्थापना गराएका थिए। पञ्चायत कालमा बालमन्दिर दरबारबाटै सञ्चालीत थिए। बहुदलीय व्यवस्थापछि गैरसरकारी संस्थाको रुपमा नेपाल बाल संगठनले बाल मन्दिर सञ्चालन गर्न थालेको हो।

बालदिवसमा बालमन्दिरका दिन विगतमा फरक रौनक देखिन्थ्यो। तर अहिले बालमन्दिरको तर्फबाट केही गतिविधि भएको देखीदैन। ‘बालदिवस मनाउने बाहेक, बालबालीकाको निशुल्क स्वास्थ्य परिक्षण, अन्तरविद्यालय स्तरिय विभिन्न प्रतियोगिता आदि भइरहन्थ्यो’, जिल्ला बालकल्याण संघका सदस्य राधेश्याम राजभण्डारीले भने, ‘बालबालीकाको क्षेत्रमा बालमन्दिरले धेरै कार्यक्रम गर्दथ्यो, अहिले गतिविधी सुन्यजस्तै छ।’

बालमन्दिरको नेतृत्व क्षमतामा खासै परिवर्तन भएको छैन। एउटै समितिले लामोसमय सम्म काम चलाएकाले सामाजिक संस्था पनि निजीजस्तो भएको धेरैको गुनासो छ। विवाहलगायत कार्यक्रमबाट बालमन्दिरलाई लाखौं आम्दानी हुने गरेको छ। त्यसको हिसाब किताब पारदर्शी नभएको आरोप समेत बालमन्दिरलाई लाग्ने गरेको छ।

बालमन्दिरका अध्यक्ष कमलदीप श्रेष्ठले कार्यक्रमबाट आएको आम्दानी कोषमा राखेको बताए। ‘बालमन्दिरको अन्त कतैबाट आम्दानी छैन। वर्षका केही विवाह र अन्य कार्यक्रमबाट आएको आम्दानी कोषमा राखेर त्यसकै व्याजबाट बालमन्दिर चलाएका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘सरकार तथा अन्य संस्थाबाट अनुदान नहुँदा भवनलाई थप व्यवस्थीत र गतिविधि गर्न नसकिएको हो।’

२८ जना वालवालिका अध्ययन गर्दै आएको बुटवलस्थित बालमन्दिर उद्योग बाणीज्य संघले उपयोग गर्ने भएको छ। खयरघारीमा रहेको बुटवल उद्योग बाणीज्य संघको भवनमा प्रदेशसभा राखीएपछि प्रदेश सरकारको आग्रहमा संघको कार्यालयको रुपमा ठाउँ उपलब्ध गराएको बालमन्दिरले जनाएको छ। प्रदेशसभाको अर्को भवन नबनुन्जेल बालमन्दिरलाई अनुदान स्वरुप भाडा तिरेर संघले उपयोग गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.