लमजुङमा रोपाइँ सुरु

लमजुङमा रोपाइँ सुरु

बेसीसहर : असार नलाग्दै लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ।मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो।खोला किनारमा रहेका फाँटहरूमा धान रोपाइँ थालिएको किसानले बताएका छन्। खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ।

केही ठाउँमा सिँचाइ सुविधा पुगेको छ। मस्र्याङदी गाउँपालिका-५, घेर्मुका वृषबहादुर गुरुङले सिँचाइ सुविधा भएकाले घेर्मु फाँटमा धमाधम रोपाइँ भैरहेको बताए। सिञ्चाइ सुविधा भएकाले आलोपालो गरेर धान रोपाइँ भैरहेको उनले बताए। घेर्मु फाँटमा तीन चारवटा समूह बनाएर धान रोपाइँ गरिएको छ। किसानले गोरुको साथै पावर टिलर प्रयोग गरेर खेत जोतेका छन्। 

क्व्होलासोंथर गाउँपालिकाको वडा नं. ६ पसगाउँका बासिन्दा पनि धान रोपाइँ कार्यमा जुटेका छन्। उनीहरूले बेसीखेत बगैंचामा धान रोपाइँ थालेको स्थानीय राजु गुरुङले बताए। 'खोलाबाट पानी लिएर धान रोपाइँ थालेका छौं,'गुरुङले भने, 'बेसी खेतमा रोपेर सकेपछि गाउँका खेतमा रोप्न सुरु हुन्छ।' क्व्होलासोंथर गाउँपालिका-४, भुजुङका किसानले पनि घिम्चे खेतमा धान रोप्ने तयारीमा रहेको स्थानीय राकेश गुरुङले बताए। 

मस्र्याङ्दी गाउँपालिकाको भलामखोला, खुदीखोला र ङादीखोलाको आसपासमा धान रोपाइँ सुरु गरिएको छ।यस्तै दोर्दी गाउँपालिकाको नौथर सेरा, चिती, ढोडेनी, फलेनीलगायतका गाउँमा पनि धान रोप्न सुरु गरिएको किसानले बताएका छन। 

मकै खेती नगरिएको र कुलो लाग्ने स्थानमा किसानले धान रोप्न थालेका हुन। मकै खेती गरिएको स्थानमा भने असार १५ पछि मात्र धान रोपाई सुरु हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। 

कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले मनसुन चाँडै भित्रिएकाले धान रोपाइँ पनि छिटो भएको बताए। उनका अनुसार सिँचाइ सुविधा नपुगेको ठाउँमा अझैपनि किसानलाई भलपानी पछ्याउनुपर्ने बाध्यता छ। अघिल्ला वर्षमा लगातार धान उत्पादन घटेकोमा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो। मौसमले साथ दिए आउँदो वर्ष पनि धान उत्पादन बढ्ने कृषि कृषि प्राविधिकको अनुमान छ।

कृषि कार्यालयका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये १५ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ। यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातका धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, बर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.