वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ

राजविराज: असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ।

यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ।

अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ। समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन्।

जेठ र असारको पहिलो सातामा अलिअलि वर्र्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका-२ का कृषक लाल माझीले बताउनुभयो ।

उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको अर्का कृषक हरिशङ्कर विश्वासले बताउनुभयो।

कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.