पुरानो गल्ती दोहोर्‍याउँदिनँ : स्वारेज

पुरानो गल्ती दोहोर्‍याउँदिनँ : स्वारेज

मोन्टेभिडियो : फुटबल खेलको महाकुम्भ मानिने विश्वकप सुरु हुन अब एक दिनमात्र बाँकी छ । बिहीबारदेखि रुसमा सुरु हुने विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेको ध्यान भने आफ्ना स्टार खेलाडी लुइस स्वारेजमा केन्द्रित हुनेछ । मैदानमा स्वारेजको प्रदर्शन र उनको उग्र व्यवहारका कारण पनि । चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा इटालीका डिफेन्डर जर्जियो चिलिनीलाई मैदानमै टोकेपछि विश्वकपबाट बाहिरिएका स्वारेजलाई नियन्त्रण राख्न यसपटक उरुग्वेले हरसम्भव उपाय अवलम्बन गर्नेछ ।

स्वारेज आफैंले भने चार वर्षअघिको तुलनामा अहिले आफूमा धेरै परिवर्तन आइसकेको बताएका छन् । उनले ब्राजिलको जस्तो घटना अब आफूबाट नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना समर्थकलाई आश्वस्त पारेका छन् । ‘ब्राजिल विश्वकपमा जे भयो त्यो मेरो गल्ती थियो । मेरो गल्तीले देशले पनि ठूलै मूल्य चुकाउनु पर्‍यो । अहिले म बदलिइसकेको छु । विश्वकपमा राम्रो छवि देखाउने प्रयास गर्नेछु’, स्वारेजले भनेका छन्, ‘अब मबाट पुरानो गल्ती दोहोरिँदैन ।’

स्वारेज उरुग्वेका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । विपक्षी खेलाडीलाई टोकेपछि स्वारेजमाथि नौ खेलको प्रतिबन्ध लगाइएको थियो । फिफाको अनुशासन समितिले उनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । स्वारेज प्रतिबन्धमा परेपछि दुई पटकको विश्वकप विजेता उरुग्वे प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो । अन्तिम १६ टोलीबीचको भिडन्तमा कोलम्बियाले उरुग्वेलाई पराजित गरेको थियो ।

विश्वकपको अघिल्लो संस्करणमा प्लेअफबाट स्थान सुरक्षित गरेको उरुग्वे यस पटक भने पहिलो चरणबाटै छनोट भएको हो । उरुग्वे ब्राजिलपछि दोस्रो स्थानमा रहँदै १५औं पटक विश्वकपमा छनोट भएको हो । सन् १९३० मा आफ्नै घरेलु मैदानमा विश्वकपको पहिलो संस्करण जितेको उरुग्वेले हालसम्म दुई पटक विश्वकप चुमेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.