इटहरीबाट टर्किस नागरिकसहित आठ पक्राउ

इटहरीबाट टर्किस नागरिकसहित आठ पक्राउ

इटहरी : टर्की पठाउने भन्दै इटहरीमा अन्तर्वार्ता लिइरहेको अवस्थामा आठजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा अदम ओजगान नाम गरेका टर्किस नागरिकसमेत छन्। काठमाडौको मास्टर जब मेनपावर प्रालिले इटहरीमा अन्तर्वार्ता आह्वान गरेको थियो। सो क्रममा अन्तर्वार्ताका लागि डेढ सय बढी मानिससमेत जम्मा भएका थिए। इटहरीको बीपी चोकस्थित सेन्टर क्यापिटल ट्रेनिङ सेन्टरको हल भाडामा लिएर अन्तर्वार्ता लिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

मेनपावरले १सय ४० जना नेपाली पठाउने अनुमती पाएको भएपनि पक्राउ पर्नेका साथबाट कुनैपनि कागजात नभेटिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीले उनीहरुको साथबाट ६३ थान पासपोर्टसमेत बरामद गरेको छ। मेनपावरले तीनदेखि पाँच लाख रुपैयाँ मागेको अन्तर्वार्ता दिन आएकाहरुले बताएका छन्। तर डीएसपी श्रेष्ठका अनुसार टर्की जान ५५ हजार रुपैयाँ मात्र लाग्छ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.